जनकपुरमा आयोजना हुने सुशासन सम्मेलनबारे परामर्श बैठक « Khabarhub

 जनकपुरमा आयोजना हुने सुशासन सम्मेलनबारे परामर्श बैठक


८ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर– मधेस प्रदेश सरकारले अगामी असोजमा आयोजना गर्ने सुशासन सम्मेलनको तयारीका लागि अन्तर्राष्ट्रिय गैरसरकारी संस्था र विकास साझेदारसँग परामर्श गरेको छ । 

मधेस सरकारका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीको अध्यक्षतामा आइतबार यहाँ बसेको परामर्श बैठकले आगामी असोज २ र ३ गते जनकपुरमा हुने सम्मेलन उपलब्धिमूलक बनाउन सहयोगका लागि सबैलाई आग्रह गरेको हो । 

सम्मेलन उपलब्धिमूलक बनाउन सहकार्यका सम्भावित क्षेत्रहरू पहिचान गर्न समन्वयात्मक बैठकको आयोजना गरिएको मन्त्रालयले जनाएको छ । 

बैठकमा सहभागी नेपाल बौद्धिक प्रतिष्ठानका अध्यक्ष विष्णु कुँवरले प्रदेशमा पारदर्शिता, जबाफदेहिता, समावेशिता तथा  सुशासन प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना हुने सम्मेलनको सफलताका लागि खेल्नुपर्ने भूमिका विषयमा छलफल भएको बताए ।

बैठकमा युनिसेफ, प्लान इन्टरनेसनल, पिपुल इन निडलगायत संस्थाहरूको उपस्थिति रहेको मन्त्रालयका सचिव विमल बरालले जानकारी दिए । 

प्रकाशित मिति : ८ भाद्र २०८२, आइतबार  ६ : ११ बजे

आईपीएल: वैभव सूर्यवंशीको ९३ रनको मद्दतमा राजस्थानको सानदार जित

जयपुर — युवा ब्याट्सम्यान वैभव सूर्यवंशीको विष्फोटक इनिङ्सको मद्दतले राजस्थान

निरन्तर बढ्दै डलरको मूल्य : बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ  – आज २०८३ साल जेठ ६ गते बुधबार। जेठ

आज २०८३ साल जेठ ६ गते बुधबारको राशिफल

काठमाडौँ  – आज २०८३ साल जेठ ६ गते बुधबार। जेठ

पोखरा लिँचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री गुप्तालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वाेच्च अदालतले पूर्वमन्त्री राजकुमार गुप्तालाई धरौटीमा छाड्न आदेश