जनकपुरमा आयोजना हुने सुशासन सम्मेलनबारे परामर्श बैठक « Khabarhub

 जनकपुरमा आयोजना हुने सुशासन सम्मेलनबारे परामर्श बैठक


८ भदौ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर– मधेस प्रदेश सरकारले अगामी असोजमा आयोजना गर्ने सुशासन सम्मेलनको तयारीका लागि अन्तर्राष्ट्रिय गैरसरकारी संस्था र विकास साझेदारसँग परामर्श गरेको छ । 

मधेस सरकारका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीको अध्यक्षतामा आइतबार यहाँ बसेको परामर्श बैठकले आगामी असोज २ र ३ गते जनकपुरमा हुने सम्मेलन उपलब्धिमूलक बनाउन सहयोगका लागि सबैलाई आग्रह गरेको हो । 

सम्मेलन उपलब्धिमूलक बनाउन सहकार्यका सम्भावित क्षेत्रहरू पहिचान गर्न समन्वयात्मक बैठकको आयोजना गरिएको मन्त्रालयले जनाएको छ । 

बैठकमा सहभागी नेपाल बौद्धिक प्रतिष्ठानका अध्यक्ष विष्णु कुँवरले प्रदेशमा पारदर्शिता, जबाफदेहिता, समावेशिता तथा  सुशासन प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना हुने सम्मेलनको सफलताका लागि खेल्नुपर्ने भूमिका विषयमा छलफल भएको बताए ।

बैठकमा युनिसेफ, प्लान इन्टरनेसनल, पिपुल इन निडलगायत संस्थाहरूको उपस्थिति रहेको मन्त्रालयका सचिव विमल बरालले जानकारी दिए । 

प्रकाशित मिति : ८ भदौ २०८२, आइतबार  ६ : ११ बजे

जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो पहिलो विकेट, सोमपालले दिलाए सफलता

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

काठमाडौँका विभिन्न स्थानमा चोरी गर्ने चार भारतीय पक्राउ

काठमाडौँ– काठमाडौँका विभिन्न स्थानमा घर तथा फ्ल्याटमा कोही नभएको मौका

फिल्म फेस्टिभलमा शबाना आजमी र मार्को मुलर सहभागी हुने

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले कात्तिक १३ गतेदेखि १५ गतेसम्म काठमाडौं फिल्म