चित्रकला र पुस्तकालय एकापसमा परिपूरक : मन्त्री पन्त « Khabarhub

चित्रकला र पुस्तकालय एकापसमा परिपूरक : मन्त्री पन्त


८ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अठारौँ पुस्तकालय दिवसको सन्दर्भ पारेर आइतबार नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको आयोजनामा ‘हाम्रो पुस्तकालय: हाम्रो भविष्य’ विषयक कला कार्यशाला सम्पन्न भएको छ । 

कार्यशालाको उद्घाटन गर्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले चित्रकला र पुस्तकालय एकापसमा परिपूरक रहेको बताए  । चित्रकारलाई पुस्तक अध्ययन गर्नका लागि आग्रह गर्दै उनले यसले चित्र अझै सरल र मजबुतका साथ प्रस्फुटन हुने बताए । मन्त्री पन्तले कला, सिर्जना र पुस्तकले नेपालको संस्कृति, परम्परा, सभ्यता तथा समसामयिक विषयलाई समेट्ने औँल्याए ।

प्रतिष्ठानका सदस्यसचिव देवेन्द्रकुमार काफ्ले थुम्केलीले पुस्तकालयले चेतना विकासमा प्रमुख भूमिका खेल्ने हुनाले यसलाई सबैको पहुँचसँग जोड्नुपर्ने बताए । उनले प्रतिष्ठानले आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताए ।

कार्यक्रममा प्रतिष्ठानको बहुआयामिक तथा अन्य सिर्जनात्मक कला विभाग प्रमुख सौरगङ्गा दर्शनधारीले चित्रकलाको शिक्षामा महत्त्वपूर्ण भूमिका रहेको बताउँदै बालबालिकाको अध्ययनको सुरुआत चित्रबाट नै हुने बताइन् ।

 कार्यक्रममा प्रतिष्ठानका परम्परागत चित्रकला विभाग प्रमुख पाल्साङ्मो लामा, वास्तुकला तथा लोककला विभाग प्रमुख प्रदीप अधिकारी, मूर्तिकला विभाग प्रमुख दिनेश्वर महतो, शिल्प–हस्तकला विभाग प्रमुख अरुणा हिङमाङ, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका उपसचिव प्रेमराज अधिकारी, राष्ट्रिय पुस्तकालयका प्रमुख प्रदीप भट्टराई, केशर पुस्तकालका प्रमुख यादवचन्द्र निरौला, शिक्षा, सामुदायिक पुस्तकालय सङ्घका महासचिव राजेन्द्र पाण्डे, नेपाल पुस्तकालय सङ्घका महासचिव संजीव चौधरीलगायत उपस्थिति थिए। 
 

प्रकाशित मिति : ८ भाद्र २०८२, आइतबार  ७ : ४८ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्