एसिया कपको सुपर फोर : श्रीलंकाविरुद्ध पाकिस्तान विजयी « Khabarhub

एसिया कपको सुपर फोर : श्रीलंकाविरुद्ध पाकिस्तान विजयी


८ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


504
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एसिया कप क्रिकेटको सुपर फोरमा पाकिस्तानले श्रीलंकाविरुद्ध पाँच विकेटको जित निकालेको छ । गएराति भएको खेलमा टस जितेर सुरुमा फिल्ड रोजेको पाकिस्तानले पाँच विकेटको जित हात पारेको हो । सुरुमा ब्याटिङ गरेको श्रीलंकाले दिएको १३४ रनको लक्ष्य पाकिस्तानले १८ ओभरको समाप्तिमा १३८ रन बनाउँदै भेट्टाएको हो ।

सुरुमा ब्याटिङ गरेको श्रीलंकाले पूरै २० ओभर खेल्दै ८ विकेटको क्षतिमा १३३ रन बनाएको थियो । उसका लागि कामिन्दु मेन्डिसले अर्धशतक बनाए । उनले ४४ बलको सामना गरेर ५० रन जोडेका हुन् । अन्य ब्याट्सम्यानले भने उल्लेख्य रन जोड्न सकेनन् । पाकिस्तानका लागि शाहिन शाह अफ्रिदीले तीन विकेट हात पारे ।

१३४ रनको सामान्य लक्ष्य पछ्याएको पाकिस्तानका लागि साहिबजादा फारहानले २४ रन बनाए । फखर जमानले १७ रन जोडे भने हुसेन तलताले ३२ रन थपे । पाकिस्तानका लागि आक्रामक ब्याटिङ गर्दै मोहम्मद नवाजले २४ बलमा नटआउट ३८ रन बनाए ।

१३४ रनको लक्ष्य पाकिस्तानले १८ ओभरको समाप्तिमा पाँच विकेट गुमाउँदै भेट्टाएको हो । यो जितसँगै पाकिस्तानले सुपर फोरमा दुई अंक जोडेको छ । सुपर फोरको पहिलो खेलमा भने पाकिस्तान भारतसँग ६ विकेटले पराजित भएको थियो । सुपर फोरमा आज भारतर र बंगलादेश भिड्दैछन्।

प्रकाशित मिति : ८ आश्विन २०८२, बुधबार  ६ : ०६ बजे

बर्दियामा यसरी भइरहेको छ बाघ गणना

बर्दिया- प्रत्येक चार/चार वर्षमा हुने बाघ गणना यति वेला बर्दिया

खुम्बु ल्होसार कप फुटबल माघ अन्तिम साता

काठमाडौं – महेन्द्र ज्योति पूर्वविद्यार्थी मञ्च, फराकको आयोजनामा १५औँ खुम्बु

राति देशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात-वर्षाको सम्भावना

काठमाडौँ । आज राति देशका विभिन्न स्थानमा हिमपात तथा वर्षा

विदेश पठाउने भन्दै २८ लाख ठगी गर्ने तीनजना पक्राउ

काठमाडौँ – वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश

करिब १७ लाख रुपैयाँबराबरको चाँदीसहित एक जना पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले नागढुङ्गाबाट चाँदीसहित एकजनालाई पक्राउ गरेको छ। प्रहरी