गाडी चढ्दा लाग्ने रिङ्गटा र वान्ता कसरी रोक्ने ? | Khabarhub Khabarhub

गाडी चढ्दा लाग्ने रिङ्गटा र वान्ता कसरी रोक्ने ?


८ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

दशैँ सुरु भइसकेको छ । यतिबेला दशैँ मनाउन घर जानेको लर्को लाग्न थालेको छ । दैनिक हजारौं यात्रुहरु काठमाडौं उपत्यकाबाट बाहिरिने गरेका छन् । अन्य समय भन्दा लामो बिदा हुने भएकाले विद्यार्थी, कर्मचारी र कुनै कामविशेषले काठमाडौं बसेका प्राय आआफ्नो घर जाने भएकाले सिट पाउन समस्या हुन्छ ।

त्यसमाथि यात्रा गर्दा रिङ्गटा, वाकवाकी, टाउको दुख्ने, वान्ता हुनेहरुका लागि थप सकसपूर्ण हुने गर्दछ । हामीले यात्रा क्रममा कतिपय यात्रुहरु गाडीमा चढेदेखि नै वान्ता गर्न थाल्छन् । गन्तव्यमा पुगुञ्जेल उनीहरु दीर्घरोगीजस्तै लखतरान देखिन्छन् ।

यस्तो समस्या हुने व्यक्तिलाई यात्रा गर्नुभन्दा ३० मिनेट अगाडि औषधी खान चिकित्सक सुझाउँछन् ।

यात्रामा किन हुन्छ वान्ता ?
फिजिसियन डा. प्रतिक पौडेल भन्छन्, ‘मानिस गाडीको यात्रा गर्दा वान्ता गरिरहेका हुन्छन् । विशेषगरी धेरै घुम्ती भएको अप्ठेरो बाटोमा वान्ता आउने सम्भावना बढी हुन्छ । बसमा लामो यात्रा गर्दा वान्ता हुने धेरै मानिसको समस्या हो । जसलाई मेडिकल भाषामा मोसन सिक्नेस भनिन्छ । मोसन सिक्नेस कसैलाई बढी र कसैलाई कम हुन्छ ।

बसमा लामो यात्रा गर्दा वान्ता हुने धेरै मानिसको समस्या हो । जसलाई मेडिकल भाषामा मोसन सिक्नेस भनिन्छ । मोसन सिक्नेस कसैलाई बढी र कसैलाई कम हुन्छ ।

उनकाअनुसार हाम्रो आँखा, मस्तिष्क र भित्री कानको सन्तुलन नमिल्दा मोसन सिक्नेस हुन्छ । जस्तै यात्रा क्रममा नजिकै हेर्दा कानको सन्तुलन गर्ने प्रणाली असन्तुलित हुनपुग्छ । यसले वाकवाकी लाग्ने, टाउको दुख्ने, पसिनासँगै वान्ता आउने हुन्छ ।

त्यस्तै घुमाउरो बाटोमा गाडीमा यात्रा गर्दा सिरेबेलमको सन्तुलन बिग्रिएर मोसन सिक्नेसको समस्या देखिने हुन्छ भने कसैलाई गाडीको गन्ध आउने, गाडी चढ्ने बित्तिकै वान्ता आउँछ भने त्यस्ता व्यक्तिमा मानसिक समस्या पनि हुनसक्ने उनले बताए ।

‘कसैलाई पहिला गाडी चढ्दा बान्ता भएको छ भने पछि उसको माइन्डले प्रि–अकुपाइड गर्छ र हरेक पटक गाडी चढ्दा यस्तो समस्या आउन सक्छ । लामो दूरीको यात्रा नगरेका व्यक्तिलाई वान्ता आउन सक्छ है भनेर कसैले भनेपछि त्यो व्यक्तिको दिमागले त्यही सोचेर पनि मोसन सिक्नेस हुनसक्छ’ डा. पौडेलले भने ।

गाडी लाग्ने बिराम छ भने यात्रा गर्नु ३० मिनेट अगाडी एन्टी हिस्टामेनिक र प्रोमेथाजरिन औषधी खानुपर्छ । यो औषधीले वान्ता रोक्नेभन्दा पनि सिरेबेलमफंक्सनल डिसअर्डर रोक्न मद्दत गर्ने चिकित्सकको भनाइ छ ।

डा. पौडेलका अनुसार यात्राका क्रममा धेरै वान्ता हुनबाट जोगाउने भएकाले यो औषधी एकदमै प्रभावकारी हुन्छ । अन्य औषधी खाँदै गरेका बिरामीले कहिलेकाहीँ खाँदा खासै असर गर्दैन ।

कतिपय व्यक्तिहरु वान्ता हुन्छ भनेर खाली पेट यात्रा गरिरहेको पनि पाइन्छ । जुन एकदमै गलत हो । यसले झन् समस्या निम्त्याउने हुन्छ ।

त्यस्तै प्रशस्त मात्रामा पानी खाने, गाडीको पछाडी भन्दा अगाडिको भागमा बस्नुपर्छ । अगाडीतिर मोसन सिक्नेस कम हुने भएकाले सकेसम्म अगाडी बस्ने, झ्यालको सिटमा बस्ने, बाहिर हेर्ने गर्नुपर्दछ ।

यात्राका क्रममा मोबाइल हेर्ने, किताब पढ्ने गर्नाले आँखाको भिजन नमिल्न सक्छ । त्यसैले बाहिरको दृश्य बढी हेर्दा मोसन सिक्नेस कम हुने डा. पौडेल बताउँछन् । सकेसम्म छारे तथा मिर्गीको समस्या भएका बिरामीहरुले रात्रीबसको यात्रा गर्नु नहुने उनको भनाइ छ । किनकी समयमा औषधी खानुपर्ने र पूरा निद्रा सुत्नुपर्ने बिरामीहरुलाई एकैछिनको निद्राले समस्या आउने सम्भावना रहने उनले बताए ।

कतिपय व्यक्तिहरु वान्ता हुन्छ भनेर खाली पेट यात्रा गरिरहेको पनि पाइन्छ । जुन एकदमै गलत हो । यसले झन् समस्या निम्त्याउने उनको भनाइ छ । यात्रा गर्दा कम चिल्लो भएको खानेकुरा र पानी खान उनको सुझाव छ ।

प्रकाशित मिति : ८ आश्विन २०८२, बुधबार  ९ : ३७ बजे

तुइनखोला नजिक खसेको पहिरो पन्छाउन आज दिनभर लाग्ने

काठमाडौं– चितवनको मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत तुइनखोला नजिक खसेको पहिरो पन्छाउन बुधबार

स्वास्थ्य बीमा कार्यक्रम : काभ्रेमा आठ केन्द्रबाट प्रथम सेवा

काभ्रेपलाञ्चोक– स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–६ दुलालथोकस्थित प्राथमिक स्वास्थ्य केन्द्रले

सिरहामा विद्युत् चुहावट बर्सेनि बढ्दो

सिरहा– सिरहामा विद्युत् चुहावटको मात्रा हरेक वर्ष बढ्दै गएको पाइएको छ

सर्पको टोकाइबाट एक जनाको मृत्यु

बाजुरा– यहाँको त्रिवेणी नगरपालिका–२ चौसाला एक युवकको सर्पको टोकाइबाट मृत्यु

महँगा र विलाशी वस्तु किन्न निषेध, वितरणमुखी कार्यक्रम पनि रोकिए

काठमाडौँ- सरकारले खर्च कटौतीको निर्णय गरेसँगै महँगा र विलाशी वस्तुको