वीरगञ्ज नाका हुँदै दुई महिनामा सात अर्बका सवारीसाधन भित्रिए « Khabarhub

वीरगञ्ज नाका हुँदै दुई महिनामा सात अर्बका सवारीसाधन भित्रिए


८ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

पर्सा– चालु आर्थिक वर्षको पहिलो दुई महिनामा वीरगञ्ज नाकाबाट सात अर्ब १६ लाख मूल्यबराबरका सवारीसाधन तथा पार्टपुर्जा आयात भएका छन् ।

गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु आवमा उक्त नाकाबाट एक अर्ब ७५ करोड बढी मूल्यका सवारीसाधन र त्यसमा प्रयोग हुने पार्टपुर्जा आयात भएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ । कार्यालयका अनुसार गत आवको उक्त अवधिमा पाँच अर्ब २५ करोडका सवारीसाधन तथा पार्टपुर्जा आयात भएका थिए ।

कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीले चालु आवको दुई महिनामा यो नाका हुँदै सवारीसाधनको आयात उत्साहजनक भएको बताए । ‘गत आवको दुई महिनाको तुलनामा चालु आवको सोही अवधिमा सवारीसाधनको आयातबाट प्राप्त हुने राजस्वमा समेत वृद्धि भएको छ ।’

गत आवको दुई महिनामा सवारीसाधनको आयातबाट चार अर्ब ४७ करोड ७६ लाख राजस्व सङ्कलन भएको थियो भने चालु आवको दुई महिनामा सवारीसाधनको आयातबाट छ अर्ब १३ करोड ९२ लाख राजस्व सङ्कलन भएको छ ।

चालु आवको दुई महिनामा ४३ करोड ५२ लाख मूल्यका एक सय ७८ वटा जीप, कार र भ्यान आयात भएका छन् । जबकि गत आवको सोही अवधिमा ५१ करोड ६२ लाख मूल्यका दुई सय ९५ वटा जीप, कार र भ्यान आयात भएको थियो ।

चालु आवको दुई महिनामा दुई अर्ब ७९ करोडका २० हजार ६२० थान अनएसेम्वल्ड मोटरसाइकल आयात भएको छ । जबकि गत आवको सोही अवधिमा एक अर्ब ८५ करोड मूल्यका १४ हजार ७६६ वटा अनएसेम्वल्ड मोटरसाइकल आयात भएको छ । चालु आवको दुई महिनामा ६६ करोड ४३ लाख मूल्यका तीन सय १८ वटा अन्य बस ट्रकका चेसिस आयात भएको कार्यालयको भनाइ छ । (रासस)

प्रकाशित मिति : ८ आश्विन २०८२, बुधबार  १० : ०७ बजे

एमाले अध्यक्ष ओलीलाई सान्तवना दिँदै बालेनले भने : पिताजस्तो रक्षक र गुरू कोही छैन

काठमाडौं- नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधामन्त्री केपी शर्मा ओलीका बुवा

प्रधानन्यायाधीश राउतलाई गृहनगरमा अभिनन्दन

कटारी- सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतलाई कटारी नगरपालिकामा अभिनन्दन गरिएको

जनअनुमोदित यी अनुहार : वकिलदेखि व्यवसायीसम्मको संसद् यात्रा

काठमाडौं– फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपालको राजनीतिक

इरानका नागरिकले ‘अनअराइवल’ भिसा नपाउने

काठमाडौं– नेपाल भ्रमण गर्न चाहने इरानका नागरिकलाई नेपाल सरकारले आगमन