ललितपुर–मकवानपुर–सिन्धुली सडकमा चाडपर्वलक्षित सवारी व्यवस्थापन « Khabarhub

ललितपुर–मकवानपुर–सिन्धुली सडकमा चाडपर्वलक्षित सवारी व्यवस्थापन


८ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

ललितपुर– चाडपर्वमा हुने भीडभाडलाई लक्षित गर्दै ललितपुर जिल्ला प्रशासन कार्यालयले कान्ति लोकपथ हुँदै मकवानपुर–सिन्धुली जाने सार्वजनिक तथा निजी यात्रुवाहक सवारीसाधनको आवागमनसम्बन्धी विशेष व्यवस्था गरेको छ ।

जिल्ला प्रशासन कार्यालय, ललितपुरले असोज ७ देखि असोज २१ गतेसम्म (कोजागत पूर्णिमा) सवारी सञ्चालनका लागि समयसीमा तोक्दै आवागमनलाई सहज बनाउन व्यवस्था मिलाएको हो ।

उक्त अवधिमा ३० टनभार वहन क्षमता र अधिकतम १० चक्के सवारीसाधनमात्र बेलुका ९ बजेसम्म तोकिएका प्रवेश तथा प्रस्थान बिन्दुमा पुगिसक्नुपर्ने प्रावधान गरिएको छ ।

प्रशासनका अनुसार मकवानपुर जिल्लाबाट ललितपुर प्रवेश विन्दु
बगुवा (बागमती गाउँपालिका–२) र ललितपुर जिल्लाबाट प्रस्थान विन्दु टीकाभैरव (गोदावरी नगरपालिका–६) तोकिएको छ ।

साथै मनसुन वर्षा अझै सक्रिय रहने भएकाले पहिरो तथा अन्य जोखिम कायम रहेको भन्दै प्रशासनले यात्री र चालकलाई सतर्कतासाथ यात्रा गर्न आग्रह गरेको छ । सुरक्षाकर्मीले दिने निर्देशनानुसार मात्र सवारी सञ्चालन गर्न, लेन अनुशासन पालना गर्न र सम्भावित जोखिमलाई ध्यानमा राख्न विशेष अनुरोध गरिएको छ । (रासस)

प्रकाशित मिति : ८ आश्विन २०८२, बुधबार  १० : ३१ बजे

आज नागपञ्चमी : घर-घरमा नागको पूजाआजा

काठमाडौँ – श्रावण शुक्ल पञ्चमीका अवसरमा सोमबार परम्पराअनुसार नागको पूजाअर्चना

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन, कसरी गर्ने पूजा ?

काठमाडौँ – २०८३ साल भदौ १ गते सोमबार सन् २०२६

आज २०८३ साल भदौ १ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ १ गते सोमबार सन् २०२६

मन्त्री लम्सालको छाउनीस्थित वीरेन्द्र अस्पतालमा उपचार हुँदै

काठमाडौं – स्वास्थ्यमा समस्या देखिएपछि पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई धनगढीबाट