मदिरा सेवन नगरी सवारी चलाउन ऊर्जामन्त्री घिसिङको अनुरोध « Khabarhub

मदिरा सेवन नगरी सवारी चलाउन ऊर्जामन्त्री घिसिङको अनुरोध


८ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान सिघिङले मदिरा सेवन नगरी सवारी साधन चलाउन चालकलाई अनुरोध गरेका छन्। सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्रीसमेत रहेका घिसिङले दशैँमा यात्रा गर्ने चालक र यात्रुलाई विशेष अनुरोध गर्दै यस्तो बताएका हुन्।

उनले भनेका छन्, ‘गति नियन्त्रणमा राख्नुहोस्, मदिरा सेवनपश्चात् कुनै हालतमा सवारी नचलाउनुहोस्, विश्राम लिएर मात्र लामो यात्रामा निस्कनुहोस्, यात्रुलाई आफ्नो परिवारझैँ सम्झेर सुरक्षित गन्तव्यसम्म पुर्‍याउनुहोस्।’

घिसिङले चालकसँगै यात्रुलाईसमेत विशेष अनुरोध गरेका छन्। उनले थप भनेका छन्, ‘तपाईंको जीवन र तपाईंको परिवार राष्ट्रको अमूल्य सम्पत्ति हो। त्यसैले यो पर्वमा घर फर्किँदा वा यात्रा गर्दा रमाइलो त पक्का गर्नुहोस्, तर हतार नगरी, सजग भई, नियम पालना गरेर यात्रा गर्नुहोस्।’

घिसिङले क्षमताभन्दा बढी सवारीमा चढेर आफ्नो जीवनलाई जोखिममा नपार्न अनुरोध गरेका हुन्। ‘चालकलाई दबाब नदिई शान्त र सुरक्षित यात्रा गर्न प्रोत्साहन गरौं,यात्राको क्रममा आवश्यक सुरक्षा र सावधानी अपनाऔं’, घिसिङले भनेका छन्।

प्रकाशित मिति : ८ आश्विन २०८२, बुधबार  ११ : २३ बजे

ओमनविरुद्ध १० रनले विजयी हुँदै नेपाल लिग-२ को छैटौँ स्थानमा

काठमाडौं- नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को आफ्नो अन्तिम

महानवमीमा मात्र खुल्ने तलेजु भवानी मन्दिरमा भोलि बिहान ५ बजेदेखि पूजाआरधना गर्न पाइने

काठमाडौँ- विश्व सम्पदा सूचीमा सूचिकृत हनुमानढोका दरबार क्षेत्रभित्र रहेको तलेजु

जुम्लाबाट सात हजार ३३० मेट्रिकटन स्याउ निर्यात

जुम्ला- जुम्लाबाट सात हजारभन्दा बढी मेट्रिकटन टन स्याउ निर्यात भएको

दक्षिण सुडानमा ड्रोन आक्रमण, ८० जनाको मृत्यु

जुबा- दक्षिण सुडानको बजारनजिक भएको ड्रोन आक्रमणमा कम्तीमा ८० जनाको

दसैँको संस्कृतिबाट साधनाको पक्ष बिलाउन लागेको छ : संस्कृतिविद् डा. टण्डन

काठमाडौं- नेपालको सांस्कृतिक क्षेत्रमा डा गोविन्द टण्डन स्थापित नाम हो