महँगा र विलाशी वस्तु किन्न निषेध, वितरणमुखी कार्यक्रम पनि रोकिए « Khabarhub

महँगा र विलाशी वस्तु किन्न निषेध, वितरणमुखी कार्यक्रम पनि रोकिए


८ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


549
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सरकारले खर्च कटौतीको निर्णय गरेसँगै महँगा र विलाशी वस्तुको खरिदमा प्रतिबन्ध लगाएको छ।

अर्थमन्त्री रामेश्वर खनालले ल्याएको खर्च कटौतीको नीतिअनुसार महँगा र विलाशी वस्तु खरिदमा अंकुश लगाइएको हो।

अर्थ मन्त्रालयका सहसचिव एवम् प्रवक्ता टंकप्रसाद पाण्डेयले बुधबार जारी गरेको विज्ञप्तिमा गत असोज ५ गते बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको उल्लेख छ ।

निर्णयअनुसार सरकारले मातहतका कार्यालयमा महँगा इलेक्ट्रोनिक्स र विलासी सामग्रीहरू खरिद गर्न रोक लगाइएको छ।

त्यसैगरी सरकारले वितरणखुमी कार्यक्रममा पनि निषेध गरेको छ । ग्यास, साइकल, स्वास्थ्य बीमा शुल्क, विद्युत् महशुल भुक्तानी, ह्याण्डपम्प, साडीसहितका वितरणमुखी कार्यक्रम सञ्चालन गर्न नपाइने निर्णय अर्थमन्त्री खनालले गरेका हुन् ।

उक्त निर्णय कार्यान्वयन गर्न/गराउन नेपाल सरकारका सबै मन्त्रालय तथा निकाय, प्रदेश सरकार तथा सबै स्थानीय तहलाई पत्राचार गरिएको अर्थ मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार सार्वजनिक संरचनाको पुनर्निर्माण र मर्मत, सार्वजनिक सेवा सुचारु, निर्वाचन खर्च व्यवस्थापन, आर्थिक पुनरुत्थान र राहतसमेतका लागि विकास आयोजनाको पुनर्प्राथमिकीकरण, अनुत्पादक खर्च कटौती र मितव्ययिता कार्यम गर्न मन्त्रिपरिषद्ले गत आइतबार विभिन्न निर्णय गरिएको हो।

प्रकाशित मिति : ८ आश्विन २०८२, बुधबार  ११ : ४७ बजे

हिमपहिरो खसेर बनेको तालको पानी रित्तियो, अर्को विपद्को जोखिम टर्‍यो (तस्बिरहरू)

केरूङ (चीन)- नेपालको उत्तरी सीमा क्षेत्रनजिकै दक्षिणपश्चिम चीनको सिचाङ (तिब्बत)

कृष्णभीरमा खोलिएको ‘ट्र्याक’ लाई फराकिलो बनाइँदै

चितवन– पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमाथिको भागबाट निर्माण सामग्री तथा उपकरण लैजान

अनाक क्राकाताउ ज्वालामुखी विस्फोटपछि जकार्ताका २०९ उडान प्रभावित

जकार्ता– इन्डोनेसियाको अनाक क्राकाताउ ज्वालामुखी आइतबार बिहान विस्फोट भएपछि निस्किएको

बाढीपीडितलाइ आर्थिक सहयोग जुटाउने क्रम जारी

पर्सा– यहाँका पालिका, विभिन्न सामाजिक सङ्घसंस्था र उद्योगपति तथा समाजसेवीले

एआई तस्बिर प्रयोग गरी देवीघाटको एक्रोब्रिज बनिसकेको भन्दै जसले छरे भ्रम !

काठमाडौं– नुवाकोटको देवीघाटस्थित तादी नदीमाथि निर्माणाधीन एक्रोब्रिज तयार भइसकेको भन्दै