जेन-जीका नाममा प्रहरीको हत्यामा संलग्न भएको अभियोगमा दुईजना समातिए « Khabarhub

जेन-जीका नाममा प्रहरीको हत्यामा संलग्न भएको अभियोगमा दुईजना समातिए


८ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गत भदौ २३ र २४ गते भएको जेन‍-जी आन्दोलनका क्रममा महाराजगञ्ज वृत्तका प्रहरीको कुटीकुटी हत्या गरेको अभियोगमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलबार सिन्धुपाल्चोक निवासी ओम पौडेललाई पक्राउ गरेको हो। उक्त घटनामा काभ्रे निवासी युवराज क्याप्छालाई यसअघि नै प्रहरीले पक्राउ गरिसकेको छ।

पक्राउ परेका दुवैजनाविरुद्ध कर्तव्य ज्यानसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको अपराध अनुसन्धान कार्यालयका एक अधिकारीले बताए ।

प्रहरीका अनुसार भदौ २४ गते प्रहरी बृत्त जलाउन पुगेका समूहले महाराजगञ्जमा तैनाथ प्रहरीलाई कुटपिट गरिएको भिडियो सार्वजनिक भएको थियो। त्यही भिडियोका आधारमा पौडेल र क्याप्छालाई पक्राउ गरेर मुद्दा चलाउन लागिएको हो ।

भदौ २४ गतेको जेन-जीका नाममा भएको आन्दोलनका क्रममा महाराजगञ्ज वृत्तका असई सिन्धुली निवासी मिलन राय र दार्चुला निवासी प्रहरी जवान उत्तम थापाको हत्या भएको थियो ।

जवान थापालाई गोली हान्ने डीएसपी भएको भन्दै लाठी बर्साएर ज्यान लिइएको दृश्य भिडियोमा देखिएको थियो ।

त्यही आन्दोलनका क्रममा प्रहरी प्रभाग कोटेश्वरका सहायक हवल्दार कास्की निवासी अमृत गुरुङको पनि हत्या भएको थियो । उनको हत्यामा संलग्नलाई पनि प्रहरीले खोजिरहेको छ ।

प्रकाशित मिति : ८ आश्विन २०८२, बुधबार  ५ : ११ बजे

हिमपातले अवरुद्ध नाग्म–गमगडी सडक सञ्चालन

जुम्ला– शनिबारको भारी हिमपातले बन्द भएको कर्णाली राजमार्गअन्तर्गत नाग्म–गमगढी सडकखण्डको

‘ब्लु हिल’मा धमाधम पर्यटकीय पूर्वाधार निर्माण गरिँदै

गलकोट– यहाँको बागलुङ नगरपालिकाको गौरवको आयोजनाका रुपमा रहेको वडा नं

भारत–युरोप व्यापार सहमति ऐतिहासिक

एजेन्सी– भारत र युरोपेली सङ्घ (ईयु) बीच करिब दुई दशकदेखि

बालेन, महेश, हर्क र निकोलसलाई स्पष्टीकरण

काठमाडौं– निर्वाचन आयोगले चार जना उम्मेदवारसँग लिखित स्पष्टीकरण मागेको छ। 

पन्चैबाजा संरक्षणमा जुटे विद्यार्थी

ढोरपाटन– बागलुङमा विद्यालयस्तरबाटै मौलिक पन्चैबाजा संरक्षण गर्न थालिएको छ ।