इटहरीमा गोली लागेका सान्तनुलाई अस्पताल पुगेर भेटे अर्थमन्त्रीले « Khabarhub

इटहरीमा गोली लागेका सान्तनुलाई अस्पताल पुगेर भेटे अर्थमन्त्रीले


८ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

विराटनगर- अर्थमन्त्री रामेश्वर खनालले गत भदौ २३ र २४ को जेन-जी आन्दोलनका क्रममा गोली लागेर गम्भीर घाइते भएका सान्तनु ढकाललाई भेटेका छन् ।

सुनसरीको इटहरीमा भएको प्रदर्शनका क्रममा गत भदौ २४ गते गोली लागेर घाइते भएका मोरङको बूढीगंगा–७ मोरङका सान्तनुलई खनालले विराट शिक्षण अस्पतालमा पुगेर भेटेका हुन् ।

मन्त्री खनालले बुधबार दिउँसो अस्पतालमै पुगेर ढकालको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् । मन्त्री खनालले घाइते ढकालको स्वास्थ्य अवस्था र उपचारबारे जानकारी लिए ।

घाइते सान्तनुका बुवा महेशले छोराको उपचारमा कुनै समस्या नरहेको बताए । सामाजिक सञ्जालमा उपचारमा समस्या भएको भनेर फैलिएको हल्ला सत्य नभएको उनले बताए । अहिले अस्पतालले सम्पूर्ण उपचार निःशुल्क गरिरहेको ढकालले बताए ।

‘छोराको शल्यक्रिया, औषधि र उपचार खर्च विराट मेडिकल कलेजले निःशुल्क गरिदिएको छ,’ उनले भने ।

घाइते सान्तनुका परिवारले उनको नाममा चन्दा संकलन नगर्न भनेको छ। उनको अवस्थालाई देखाएर सहानुभूतिको व्यापार नगर्न पनि महेशले आग्रह गरे ।

प्रकाशित मिति : ८ आश्विन २०८२, बुधबार  ५ : २४ बजे

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५

प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

गण्डकी – निरन्तरको वर्षाका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थबाट हुने आन्तरिक

सल्यानका ८८ जनामा स्क्रबटाइफस सङ्क्रमण

कर्णाली – सल्यान जिल्लाका तीन स्थानीय तहका ८८ जनामा स्क्रबटाइफसको

सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो

सिक्किम – पश्चिम सिक्किमको युक्सोम–ताशिदिङ निर्वाचन क्षेत्रअन्तर्गत रिम्बी गाउँमा लगातार

प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग

काठमाडौं – झारखण्ड गोरखा समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा