गोरखामा दुई थान बन्दुकसहित एक जना पक्राउ « Khabarhub

गोरखामा दुई थान बन्दुकसहित एक जना पक्राउ


८ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

गोरखा– गोरखामा प्रहरीले बन्दुकसहित एक व्यक्तिलाई पक्राउ गरेको छ । पालुङटार नगरपालिका–३, आँपपीपलस्थित मैवलका ६३ वर्षका रामबहादुर रानामगरलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक इन्द्रप्रसाद सुवेदीले जानकारी दिए ।

नायब उपरीक्षक सुवेदीका अनुसार रानामगरको घरबाट प्रहरीले एकनाले भरुवा बन्दुक दुई थान, त्यसमा प्रयोग हुने बारुद तथा फलामको गजसमेत बरामद गरेको छ । 

विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय ठाँटीपोखरीबाट खटिएको प्रहरीको टोलीले गएराति उनको घरमा खनतलासी गरेको थियो । पक्राउ परेका रानामगरमाथि थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । रासस

प्रकाशित मिति : ८ आश्विन २०८२, बुधबार  ७ : ०५ बजे

एमाले दलको नेताबारे योगेशको टिप्पणी : सांसदहरूलाई दबाबमा राखेर जे गरियो, राम्रो भएन

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले संसदीय दलको नेतामा उपाध्यक्ष

वितरकको पैसा नदिई सम्पर्कविहीन भए निर्माता कडरिया

काठमाडौं – यो वर्षको सुवातमा प्रदर्शनमा आएको फिल्म ‘महाभोज’को आर्थिक

महेश बस्नेतलाई ठूलो राहत, उच्च अदालतले खारेज गरिदियो शोभा पाठकको रिट

काठमाडौं– नेकपा एमालेका सचिव महेश बस्नेतविरुद्ध धादिङकी शोभा पाठकले दर्ता

दासढुंगामा रोकिराखेको ट्यांकरमा बस ठोक्किँदा १३ जना घाइते

काठमाडौं– नारायणगढ मुग्लिन सडक खण्ड अन्तर्गत चितवनको भरतपुर २९ दासढुंगामा

उपराष्ट्रपतिसँग साउदी अरेबियाका राजदूतको भेट, श्रम सम्झौताले सहयोग बढाउने विश्वास

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि साउदी अरेबियाका राजदूत फाहद