मार्फा–छैरो–चिमाङ सडक स्तरोन्नति गरिने « Khabarhub

मार्फा–छैरो–चिमाङ सडक स्तरोन्नति गरिने


७ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

मुस्ताङ– घरपझोङ गाउँपालिकाअन्तर्गतको मार्फा–छैरो–चिमाङ सडक स्तरोन्नति गरिने भएको छ । गण्डकी प्रदेश भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयअन्तर्गत उक्त सडक स्तरोन्नतिका लागि चालु आर्थिक वर्ष २०८२-८३ मा रु एक करोड विनियोजन गरिएको छ ।

बेनी–जोमसोम ७६ किमी सडकमार्गको मार्फा सामग्रीदेखि कालीगण्डकी पारि ओझेलमा परेको यहाँको छैरो–चिमाङ गाउँ जोड्ने सडकलाई थप स्तरोन्नतिसहित आवश्यक स्थानमा कालोपत्र गर्ने गरी बहुवर्षीय योजना स्वीकृत हुनसक्ने सम्भावित सूचीमा रहेको पूर्वाधार विकास कार्यालयका प्रमुख अजयकुमार श्रेष्ठले जानकारी दिए। 

कालीगण्डकी नदीमा निर्मित मार्फा–छैरो पुलबाट चिमाङसम्मको कच्ची सडकलाई स्तरोन्नति गर्दै आवश्यक स्थानमा कालोपत्र गर्नेगरी बहुवर्षीय योजनाका रुपमा कार्यान्वयन हुनसक्ने सम्भावना भएकाले तत्कालका लागि छैरो-चिमाङ सडक स्तरोन्नति कार्यान्वयन नगरिएको उनले बताए।

‘हामीले तत्कालका लागि यहाँको सडक कार्यान्वयन गर्न रोकेका छौँ, बहुवर्षीय कार्यक्रमका रुपमा निर्देशन प्राप्त भएमा कार्यालयका तर्फबाट सोही अनुसार प्रक्रिया अघि बढाइनेछ,’ प्रमुख श्रेष्ठले भने।

छैरो-चिमाङ सडकलाई बहुवर्षीय कार्यक्रमका रुपमा लैजाँदा चालु आवमा विनियोजन भएको रकमको पाँच गुणासम्मको लागत अनुमान तयार गरी स्रोत सुनिश्चित हुने कार्यालय प्रमुख श्रेष्ठको भनाइ छ । 

बहुवर्षीय कार्यक्रम स्वीकृत हुँदा मार्फा–छैरो–चिमाङ करिब चार किलोमिटर सडकको केही खण्ड कालोपत्र र अन्यमा स्तरोन्नति हुने उनले उल्लेख गरे । छैरो–चिमाङ सडक बहुवर्षीय कार्यक्रम स्वीकृत हुँदा चालु आवमा ठेक्का सम्झौता र सडक स्तरोन्नति कार्य सुरु हुनेछ ।

कालीगण्डकी नदी पारि रहेको ओझेलमा परेको कृषि गाउँ चिमाङसम्म जोड्ने सडक जीर्ण र असहज हुँदा स्थानीय सर्वसाधारणलाई आवतजावत र मालसामान ढुवानीलगायत कार्यमा जोखिम देखिएको छ । छैरोबाट चोखोपानी खोलासम्म सिधा कच्ची सडक र चोखोपानीबाट चिमाङसम्म ठाडो उकालो सडक जीर्ण हुँदा यातायातका साधनको सहज पहुँच पुग्न सकेको छैन । 

छैरो-चिमाङ सडकलाई स्तरोन्नति तथा कालोपत्र गर्न सकिएमा त्यस क्षेत्रको कृषि उपजको सहज बजारीकरण तथा पर्यटन विकासमा समेत टेवा पुग्ने स्थानीय इन्द्रप्रसाद थकालीले बताए। मार्फा-छैरो जोड्ने कालीगण्डकी नदीमा पुल निर्माण भइसकेकाले चिमाङसम्मको सडक स्तरोन्नति तत्कालको आवश्यकता रहेको उनले उल्लेख गरे।
 

प्रकाशित मिति : ७ कार्तिक २०८२, शुक्रबार  ८ : ४३ बजे

स्पेनसँगको भिडन्तअघि रोनाल्डोले भने – ‘यो मेरो अन्तिम विश्वकप हो’

टेक्सस – पोर्चुगलका भेट्रान फरवार्ड क्रिस्टियानो रोनाल्डोले जारी विश्वकप आफ्नो

अधुरै बन्यो २४ वर्षदेखिको विश्वकप उपाधिको खडेरी तोड्ने ब्राजिलको सपना

काठमाडौँ – २४ वर्षदेखिको विश्वकप उपाधि खडेरी तोड्ने लक्ष्यका साथ

पाँच पटकको विजेता ब्राजिलमाथि नर्वेको सनसनीपूर्ण जित, हालान्डको दुई गोल

न्युयोर्क – स्टार स्ट्राइकर एर्लिङ हालान्डले खेलको अन्तिम समयमा दुई

हात्ती आक्रमणबाट मृतकका परिवारलाई १० लाख राहत दिने मन्त्री गौतमको घोषणा

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले मानव–वन्यजन्तु

फ्लाई दुबईले उडान भर्ने भएपछि पोखराका पर्यटन व्यवसायी उत्साहित

काठमाडौं । फ्लाई दुबईले पोखराबाट उडान भर्ने भएपछि यस क्षेत्रका