पर्यटक लोभ्याउँदै पुरन्धरा झरना | Khabarhub Khabarhub

पर्यटक लोभ्याउँदै पुरन्धरा झरना


७ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

दाङ– पश्चिम दाङको बबई गाउँपालिका–५ मा अवस्थित पुरन्धरा झरना जिल्लाकै एक महत्वपूर्ण पर्यटकीय केन्द्र हो । अहिले सो झरनाको अवलोकन गर्न टाढा टाढाबाट पर्यटक पुग्ने गर्दछन् । विशेषगरी दसैँ–तिहार मनाउनका लागि घरमा फर्केका धेरैले यस वर्ष झरनाको अवलोकन गरेको स्थानीहरू बताउँछन् । अहिले पर्यटकको रोजाइ बन्न सफल भएको छ ।

पैँतालीस फिट उचाइको सो झरनाबाट पानी तल खस्ने गरेको मनमोहक दृश्यले देख्दा त्यहाँ पुग्ने सबै लोभिन्छन् । सोही दृश्यको अवलोकनका लागि आन्तरिक तथा बाह्य पर्यटकहरू आउने गरेका छन् । अहिले सो क्षेत्र पर्यटकको रोजाइ बन्न सफल भएको छ ।

तीनतिरबाट वनजङ्गलले घेरेको पश्चिमतर्फ भने कलकल बग्ने बबई नदी र सोही नदीको करिब १० मिटर टाढा पूर्वतर्फ रहेको प्राकृतिक पुरन्धरा झरना छ । झरनाबाट खसेको पानी पोखरीजस्तै आकारमा जम्मा हुन्छ । त्यहीँबाट बिस्तारै बबई नदीमा गई मिसिने गर्दछ । 

झरनाको अवलोकन गर्न पुग्ने जो कोही पनि त्यहीँ पानी खस्ने ठाउँमा सेल्फी खिच्न, टिकटक बनाउन व्यस्त हुन्छन् भने गर्मीको समयमा भने अवलोकन गर्ने गएका पर्यटकहरू सोही पोखरीमा  पौडी  खेलेर फर्कने गर्दछन् ।

यति बेला दाङका विभिन्न स्थान तथा अन्य छिमेकी जिल्लाबाट पनि आन्तरिक पर्यटकहरू  झरनाको अवलोकनका लागि आउने गरेको  झरनाका कर्मचारी कुलबहादुर बुढाले जानकारी दिए । बुढाका अनुसार  अहिले  दैनिक तीनदेखि चारसयसम्म आन्तरिक पर्यटकहरू झरना अवलोकनका लागि आउने गर्दछन् । दसैँ बिदाको समयमा झरनाको अवलोकन गर्न आउनेको सङ्ख्या यसपटक बढेको अहिले तिहारको समयमा पनि  पर्यटकको सङ्ख्या बढी रहेको छ । 

विशेषगरी दसैँ–तिहारको समयमा विद्यालयहरू बिदा भएकाले विद्यार्थीहरू आ–आफ्ना अभिभावकहरूसँग झरना अवलोकन गर्न आएका देखिन्थे । उनका अनुसार झरना अवलोकन गर्न आउने पर्यटकबाट व्यक्तिगत शुल्क लिने गरिएको छैन् । सवारीसाधनबाट भने पार्किङ शुल्क लिने गरिएको छ । 

मोटरसाइकलको ३०, कार तथा जिपको रु २०० र बसको शुल्क २५० निर्धारण गरिएको छ । उठेको रकम कर्मचारीलाइ तलब खुवाउन र झरनाको विकासमा खर्च हुने गरेको  कर्मचारी बुढाले बताए।

झरनाको संरक्षण तथा पर्यटकको सुविधा तथा सुरक्षाका लागि त्यहाँ कर्मचारीको व्यवस्था गरिएको हो । झरनाको अवलोकन गर्नका लागि कोहलपुरबाट पहिलोपटक पुगेकी ३० वर्षीया  सपथ चापागाईंले यहाँ आउँदा निकै आनन्द आएको बताइन । उनले यसलाई अझै व्यवस्थित रूपमा संरक्षण गर्न र वरपरको वातावरण सफा स्वच्छ राख्न आवश्यक भौतिक पूर्वाधार निर्माणमा सुझाव दिइन्। झरनाको  संरक्षण तथा संवर्द्धन गरी भौतिक पूर्वाधार निर्माण गर्न सके पश्चिम दाङको मुहार फेरिनाका साथै पश्चिम नेपालको पर्यटकीय गन्तव्य बनाउन सकिने बताइन्।

तुलसीपुर, हापुरे, सुर्खेत खण्डको ट्वाङ खोलाबाट करिब आठ किलोमिटर दक्षिण पश्चिममा पर्ने सो झरनाको आफ्नै महत्व छ । यो एकान्त ठाउँमा छ । त्यहाँ वरपर कुनै बस्ती छैन । शताब्दीभन्दा पुरानो इतिहास बोकेको सो झरना क्षेत्रमा पहिले त्यहाँ घनघोर जङ्गल रहेको र त्यही जङ्गलको बीचमा सानो बाटो बनाएर मानिस गाईवस्तु लिएर जङ्गलमा जाने, घाँस, दाउरा तथा खर काट्ने र त्यही गोठ बनाएर बस्ने गर्दथे । सोही गोठमा बस्ने क्रममा आवतजावत गर्दा मानिसले त्यहाँ झरना रहेको पत्ता लगाएका थिए ।

झरना करिब एक सय मिटरको दूरीमा सिद्धेश्वर महादेवको मन्दिर रहेको छ । सो मन्दिरमा त्यहाँ शिवरात्रिमा ठूलो मेला पनि लाग्दछ । अहिले झरनासम्म पुग्ने ग्राभेल मोटरबाटो, सिँढी, प्रतीक्षालयलगायत पूर्वाधारहरु निर्माणले पनि जिल्लामा आउने पर्यटकहरुको रोजाइ झरना हुन थालेको छ । 

बबई गाउँपालिकाका अध्यक्ष कुलप्रसाद केसीले झरनाको विकासका लागि आफूले गुरुयोजना बनाई पूर्वाधार निर्माणका कामलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताए। 

अध्यक्ष केसीका अनुसार विगतका वर्षमा बाटो नहुँदा झरना क्षेत्रको अवलोकन वर्षायाममा गर्न सकिँदैनथ्यो । अहिले ग्राभेल बाटो सो बाटोमा पर्ने ठाउँमा आवश्यक पर्ने केही पूर्वाधारहरु  निर्माणले जुनसुकै समयमा त्यहाँ पुग्न सकिने भएकाले अवलोकन गर्न आउने पर्यटकहरू दिनप्रतिदिन बढिरहेका छन् ।

प्रकाशित मिति : ७ कार्तिक २०८२, शुक्रबार  ९ : ४५ बजे

छठपर्वमा सुरक्षाका लागि मधेशमा ‘अप्रेसन आस्था’ लागू

धनुषा- तराई मधेशको मुख्य पर्व छठलाई लक्षित गर्दै शान्ति सुरक्षाका

छठमा धाप ड्यामको पानी बागमतीमा बगाइने

काठमाडौँ- नेपालीहरूको दोस्रो ठूलो पर्व तिहारको रौनक सकिएसँगै अब भने

रुकुम पश्चिम जिप दुर्घटना : ज्यान गुमाएकाहरू सबै चर्चबाट घर फर्किँदै थिए

काठमाडौँ- रुकुम पश्चिम जिल्लाको सदरमुकाम मुसिकोटबाट आठबिसकोट नगरपालिका–३ स्यालाखदीतर्फ जाँदै

धानको उचित मूल्य नपाउँदा किसान चिन्तित

सुदूरपश्चिम – आफ्नो बर्खे धानबाली काटेर भित्र्याइसकेका किसान धान बिक्री

आँबुखैरेनीका महिलाले बेचे रु सात लाखको सयपत्री

तनहुँ – तनहुँको आँबुखैरेनी गाउँपालिका–१ यान्चोकटार महिला लघु उद्यमी समूहले