प्रतापसँग भाइटीकापछि एलिना भन्छिन्- दाजुबहिनी हो भनेर पनि प्रमाणित गर्नुपर्ने हाम्रो समाज « Khabarhub

प्रतापसँग भाइटीकापछि एलिना भन्छिन्- दाजुबहिनी हो भनेर पनि प्रमाणित गर्नुपर्ने हाम्रो समाज


७ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


228
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गायिका एलिना चौहान र गायक प्रताप दासको सम्बन्धलाई लिएर भइरहेको अनेक परिचर्चाले बिहीबारदेखि करिब टुंगो पाएको छ।

तीन महिनादेखि अमेरिकामा सांगीतिक टुरमा रहेका यी दुईजनाले सामाजिक सञ्जालमा अनेक भिडियो, फोटो र पोस्ट हालिरहेपछि फ्यानहरूले सम्बन्धमा प्रश्न उठाउँदै आएका थिए ।

तर उनीहरूले आफूहरूबीच दाजुबहिनीको सम्बन्ध रहेको बताउँदा पनि सामाजिक सञ्जालमा भाइटीकाको प्रतिक्षा गरिरहेको कमेन्टको ओइरो लागिरहेको थियो ।

तर उनीहरूले अमेरिकामै रहँदा भाइटीका लगाएका छन् । त्यसपछि एलिनाले टिप्णी गरिन्, ‘दाजुबहिनी जस्तो पवित्र सम्बन्धमा पनि दाजुबहिनी हो भनेर प्रमाणित गर्नुपर्ने हाम्रो समाज !’

उनी प्रतापसँग भाइटीका लगाएसँगै नेपाल यात्रामा निस्किएकी छन् । ‘धेरै समयपछि आफ्नै देश फर्किन पाउनु एउटा असिम खुशी हो । नेपाल फर्किन पाउँदा मन अत्यन्त खुशी छ’, उनले लेखेकी छन् ।

यसअघि आफूहरू दाजुबहिनी भएको जवाफ दिन एलिना-प्रतापले अमेरिकाबाटै तिहार गीत पनि सार्वजनिक गरे । तर फ्यानहरूले गीतले नहुने भाइटीका नै आउनुपर्ने भन्दै प्रश्न गरिरहे ।

उनीहरूले अमेरिकाको सांगीतिक टूरमै रहेका बेला नाचगानका भिडियो र फोटो साझा गरिरहेका थिए । तर सामाजिक सञ्जालमा ‘सुन्दर जोडी’ भन्दै टिप्पणी पनि गरियो ।
तर आफूहरू दाजुबहिनी भएको बताउँदै आएका उनीहरूले तिहारको भाइटीकाको शुभमूहुर्तमा गीत ल्याउँदै आलोचकलाई जवाफ दिएका थिए । त्यो गीत सार्वजनिक पनि भइसकेको छ ।

यसअघि एलिनाले गलत नबुझ्ने, गलत नलेख्ने र एउटी नारीलाई खुसी भएको हेर्न सक्ने समाज हामीले कहिले बनाउने ? भनेर टिप्पणी पनि गरेकी थिइन् । विष्णु सापकोटासँग डिभोर्स भएपछि एलिना अहिले सांगीतिक करिअर बनाउनमै केन्द्रित छिन् ।

प्रकाशित मिति : ७ कार्तिक २०८२, शुक्रबार  ११ : २४ बजे

यसरी बन्छ ‘पेपर पेन्सिल’ (तस्बिरहरू)

पोखरा– पत्रपत्रिका पढेपछि सामान्यतयाः हामी त्यसको पुनः प्रयोग गर्दैनौँ ।

बालबालिकाले पक्की भवनको कक्षा कोठामा बसेर पढ्न पाउँदा…

कालिकोट– श्री जनता आधारभूत विद्यालयका बालबालिकाले बल्ल पक्की भवनका कक्षा

सार्कलाई थप गतिशील बनाउने नयाँ सङ्कल्प आवश्यक : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)

हुलाकी राजमार्ग : रतुवा-केशलिया सडक निर्माणको ठेक्का तोडियो

काठमाडौं – हुलाकी राजमार्गअन्तर्गत मोरङको रतुवा-केशलिया ६ किलोमिटर सडकखण्ड निर्माणको

कर्णाली सरकारलाई व्यवसायीको ११ बुँदे ध्यानाकर्षण पत्र 

कर्णाली– संस्कृति, सभ्यता र प्राकृतिक सम्पदामा धनी तथा प्रचुर सम्भावना