महोत्तरी सीमा क्षेत्रमा तस्करीको जालो, सशस्त्र प्रहरी मौन « Khabarhub

महोत्तरी सीमा क्षेत्रमा तस्करीको जालो, सशस्त्र प्रहरी मौन


७ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

गौशाला- महोत्तरीको सीमावर्ती क्षेत्र गौराभेदपुरस्थित १६ नम्बर पिल्लर नाकाबाट तस्करी खुलेआम भइरहेको खुलासा भएको छ।

स्थानीयका अनुसार तिहारको टीकाको दिनै ठूलो मात्रामा कपडा, हार्डवेयर, चप्पल, किराना सामग्रीलगायतका सामानहरू भारतबाट तस्करी गरी नेपाल भित्र्याइएको छ।

तस्करी गरिएका सामानहरू शंकर मन्दिरको पश्चिमतर्फ रहेका रामपुकार मण्डल र राउतको घरमा थुपारिएको बताइएको छ। घटनाबारे स्थानीय केही जेन-जी युवाहरूले नेपाल प्रहरी र सशस्त्र प्रहरीका दुवै प्रमुख अधिकारीहरूलाई जानकारी गराएका थिए।

रघुनाथपुरस्थित सशस्त्र प्रहरी बलको गुल्मका डिएसपी वीरेन्द्र खनाललाई समेत खबर गरिएको थियो । तर उनले घटनास्थल पुगेर पनि बरामद नगरी फर्किएको भन्दै स्थानीयले असन्तुष्टि जनाएका छन् ।

ती सामानहरू पछि करिब २० वटा मोटरसाइकलमा राखेर गौशाला सम्म लगिएको थियो। यस घटनाले सीमामा तैनाथ प्रहरी र सशस्त्र प्रहरीबीचको मिलेमतोको आशंका स्थानीयले गरेका छन् ।

सशस्त्र प्रहरी बलको मधेस बाहिनीअन्तर्गत एसपीको कमान्डमा घुमुवा टोली परिचालन गरिएको छ । तर स्थानीयवासीहरूका अनुसार ती टोलीका केही सदस्यको तस्करसँग घनिष्ठ सम्बन्ध छ।

पहिले अनुशासनहीनता र संलग्नताको कारण बाहिनी तानिएका केही घुमुवाहरूलाई फेरि सक्रिय रूपमा परिचालन गरिँदा शंका बढाएको हो। अहिले पनि उनीहरूकै क्षेत्रमै तस्करी बढ्नुले प्रहरी प्रशासनमाथिको प्रश्न झन् गहिरिएको एकजना स्थानीयले बताए ।

स्थानीयवासीहरूले सीमामा देखिएको यस्तो अव्यवस्था र मिलेमतोको तत्काल छानबिन र कारबाहीको माग गरेका छन्। तस्करी बढ्दै गएकोमा स्थानीयले गुनासो गरिरहँदा सशस्त्रका एसपी शेरबहादुर अधिकारी सम्पर्कमा आएका छैनन् । उनलाई सम्पर्कको प्रयास गर्दा पनि सम्पर्क हुन सकेन ।

प्रकाशित मिति : ७ कार्तिक २०८२, शुक्रबार  ७ : ०० बजे

एकता जोगाउन विशेष पक्षका ७ शर्त, टिकटमा देउवाको हस्ताक्षर हुन नहुनेदेखि चुनावमा गठबन्धन नगर्नेसम्म

काठमाडौँ- नेपाली कांग्रेसलाई फुटबाट जोगाउन भन्दै संस्थापन समूह र विशेष

झापाका रास्वपा नेतासँग तीन घण्टा बिताएका बालेनले ओलीको क्षेत्रमा गरिरहेका छन् जनमत सर्भेक्षण

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले झापा क्षेत्र नम्बर

नयाँ नेतृत्वको चयन गर्ने तयारीमा हमास

गाजा – गाजामा युद्धको क्रममा इजरायलले समूहका धेरै शीर्ष नेताहरूको

रुपन्देही–२ बाट चुनाव लड्ने तयारीमा युवा व्यावसायी सुदन ज्ञवाली

काठमाडौं – युवा व्यावसायी तथा राजनैतिक अभियन्ता सुदन ज्ञवालीले आगामी

वार्ताका लागि कांग्रेसले बनायो समिति : विशेष पक्षबाट ४, संस्थापनबाट २ नेता सदस्य

काठमाडौँ – नेपाली कांग्रेसको जारी असहमति अन्त्यका लागि पार्टी संस्थापन