कुश्मामा भ्यान र मोटरसाइकल एकआपसमा ठोक्किँदा ६ जना घाइते « Khabarhub

कुश्मामा भ्यान र मोटरसाइकल एकआपसमा ठोक्किँदा ६ जना घाइते


७ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

पर्वत – मध्यपहाडी राजमार्गअन्तर्गत पर्वतको कुश्मा नगरपालिका–४ छमर्केमा आज दिउँसो भएको सवारी दुर्घटनामा परी छ जना घाइते भएका छन् ।

बागलुङबाट कुश्मातर्फ आउँदै गरेको ग१ज ९०२३ नं को इभी भ्यान र विपरीत दिशाबाट जाँदै गरेको बा प्र ०२–०५३ प ९८३४ नंको मोटरसाइकल ठोक्किँदा चार जना महिला र दुई पुरुष घाइते भएका हुन् ।

दुर्घटनामा परी मोटरसाइकल चालक धादिङको सिद्दलेख गाउँपालिका वडा नं १ नलाङ बस्ने २९ वर्षीय सुजन तिमिल्सिना, इभी भ्यानमा सवार बागलुङ नगरपालिका वडा नं १० भकुण्डे बस्ने ७० वर्षीया वृद्धा रेवती थापा, कास्कीको मादी गाउँपालिका–२ की ७२ वर्षीया पवि थापा, सोही ठाउँकी ४३ वर्षीया इन्दिरा थापा, पोखरा महानगरपालिका–१३ लेखनाथ बस्ने १४ वर्षीय रविन श्रेष्ठ र बागलुङ नगरपालिका–१३ बलेवा बस्ने ३५ वर्षीया जानकी खत्री रहेका छन् ।

घाइतेमध्ये सुजन तिमिल्सिना, रेवती थापा र रविन श्रेष्ठलाई थप उपचारका लागि अन्नपूर्ण अस्पताल पोखरा पठाइएको छ भने अन्य घाइतेहरूको प्रदेश अस्पताल पर्वतमा उपचार भइरहेको छ । उनीहरूको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक समित श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति : ७ कार्तिक २०८२, शुक्रबार  ८ : ४८ बजे

एकता जोगाउन विशेष पक्षका ७ शर्त, टिकटमा देउवाको हस्ताक्षर हुन नहुनेदेखि चुनावमा गठबन्धन नगर्नेसम्म

काठमाडौँ- नेपाली कांग्रेसलाई फुटबाट जोगाउन भन्दै संस्थापन समूह र विशेष

झापाका रास्वपा नेतासँग तीन घण्टा बिताएका बालेनले ओलीको क्षेत्रमा गरिरहेका छन् जनमत सर्भेक्षण

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले झापा क्षेत्र नम्बर

नयाँ नेतृत्वको चयन गर्ने तयारीमा हमास

गाजा – गाजामा युद्धको क्रममा इजरायलले समूहका धेरै शीर्ष नेताहरूको

रुपन्देही–२ बाट चुनाव लड्ने तयारीमा युवा व्यावसायी सुदन ज्ञवाली

काठमाडौं – युवा व्यावसायी तथा राजनैतिक अभियन्ता सुदन ज्ञवालीले आगामी

वार्ताका लागि कांग्रेसले बनायो समिति : विशेष पक्षबाट ४, संस्थापनबाट २ नेता सदस्य

काठमाडौँ – नेपाली कांग्रेसको जारी असहमति अन्त्यका लागि पार्टी संस्थापन