बागलुङमा थपिए पाँच हजार ३९३ मतदाता « Khabarhub

बागलुङमा थपिए पाँच हजार ३९३ मतदाता


८ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

बागलुङ– आगामी २१ फागुनको निर्वाचनका लागि बागलुङमा पाँच हजार ३९३ जना नयाँ मतदाता थपिएका छन् । सरकारले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी गत असोज १० गतेदेखि मङ्सिर ५ गतेसम्म मतदाता नामावली सङ्कलन गरेको हो ।

जिल्ला निर्वाचन कार्यालय बागलुङका अनुसार जिल्लामा यसभन्दा अगाडि एक लाख ८९ हजार १७३ जना मतदाता थिए । बायोमेट्रिक विधिबाट कार्यालयमै आएर एक हजार ४६४ जना र राष्ट्रिय परिचयपत्रका आधारमा तीन हजार ९२९ गरी पाँच हजार ३९३ जना नयाँ मतदाता थपिएको जिल्ला निर्वाचन अधिकारी यज्ञप्रसाद रिजालले जानकारी दिए ।

१०० जनाको बाह्य दर्तासमेत गरेको रिजालले बताए । राष्ट्रिय परिचयपत्रका आधारमा फोटोसहितको मतदाता नामावलीमा महिला र पुरुष छुट्टाउने काम भइरहेको निर्वाचन अधिकारी रिजालको भनाइ छ ।

उनले निर्वाचन कार्यालयमा नाम दर्ता गराउन युवापुस्तामा मतदाताको उत्साहजनक सहभागिता रहेको बताए । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन कार्यालयले नयाँ मतदाताको नाम दर्ता गर्ने, त्रुटि सच्याउने, स्थान परिवर्तनलगायत काम गर्दै आएको रिजाललेको भनाइ छ ।

नेपाली नागरिकता प्राप्त गरेर १८ वर्ष उमेर पूरा भएका नेपाली नागरिकले आफ्नो नाम मतदाता नामावलीमा दर्ता गराउन सक्ने व्यवस्था छ । उमेर पुगे पनि विभिन्न कारणले विदेशमा काम गर्ने, पढाइ र कामको सिलसिलामा बाहिर रहेका मतदातालाई लक्षित गरेर जेनजी समूहको मागअनुसार सरकारले मङ्सिर ५ गतेसम्म मतदाता नामावली सङ्कलन गरेको हो । (रासस)

प्रकाशित मिति : ८ मंसिर २०८२, सोमबार  ६ : ४१ बजे

आवास सङ्कटको दबाबबीच स्पेनका प्रधानमन्त्री सान्चेजद्वारा चुनावी अभियान सुरु

स्पेन- स्पेनमा आवास सङ्कटलाई लिएर विरोध प्रदर्शन चर्किरहेका बेला प्रधानमन्त्री पेड्रो

भारतमा ६० जना कानुन व्यवसायी पक्राउ

काठमाडौं- भारतमा प्रदर्शन जारी रहँदा राजधानी दिल्लीमा प्रहरीले सर्वोच्च अदालत

निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति

बागलुङ– बाढीपहिरोबाट जिल्लाको निसीखोला गाउँपालिकामा झण्डै १० करोडको क्षति पुगेको

सरकारी सफ्टवेयर र हार्डवेयर खरिदसम्बन्धी अध्ययन गर्न मन्त्रालयद्वारा समिति गठन

काठमाडौं- भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले

वर्षापछि सिरहा सदरमुकाम डुबानमा, सवारी आवागमनमा समस्या (तस्बिरहरू) 

सिरहा- वर्षापछि सिरहा सदरमुकामका मुख्य सडकमा पानी जम्दा जनजीवन प्रभावित