एमाले महाधिवेशन प्रतिनिधि बन्न उम्मेदवार शुल्क नै १० हजार « Khabarhub

एमाले महाधिवेशन प्रतिनिधि बन्न उम्मेदवार शुल्क नै १० हजार


८ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

नुवाकोट– नेकपा (एमाले) नुवाकोट जिल्ला कमिटीले एघारौँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि छनोट प्रक्रियाबारे अन्तरपार्टी निर्देशन जारी गरेको छ।

आगामी मंसिर २७ गतेदेखि काठमाडौंमा हुने ११ औँ महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिन चाहने पार्टी सदस्यहरूले १० हजार रुपैयाँ शुल्क तिर्नुपर्ने पनि निर्णयमा उल्लेख छ ।

जिल्ला इन्चार्ज केशराज पाण्डेको अध्यक्षतामा मंसिर ६ गते बसेको चौथो बैठकका निर्णयहरूलाई कार्यान्वयनका लागि ‘अन्तर कमिटी निर्देशन २’ जारी गरिएको हो।

निर्देशन अनुसार मंसिर ८ गते बिहान ११ बजे प्रारम्भिक पार्टी सदस्य नामावली प्रकाशित गरिनेछ। नाम, थर वा अन्य त्रुटि परेमा मंसिर ९ गते बिहान १० बजेदेखि मध्यान्ह २ बजेसम्म प्रमाणसहित संशोधन गर्न सकिनेछ। सोही दिन बेलुकी ४ बजे अन्तिम नामावली सार्वजनिक गरिने छ।

मंसिर १० गते प्रतिनिधि सभा १ र २ नम्बर क्षेत्रीय समन्वय कमिटीका बैठकहरू छुट्टाछुट्टै स्थानमा बस्नेछन्। दुवै क्षेत्रका पदाधिकारीलाई सूचना प्रविधि र प्रत्यक्ष सम्पर्कमार्फत उपस्थित गराइने जिल्ला कमिटी अध्यक्ष बद्री मैनालीद्वारा जारी निर्देशनमा भनिएको छ ।

महाधिवेशन प्रतिनिधि छनोटका लागि दुवै क्षेत्रका संयोजक, सह-संयोजक र केन्द्रीय सदस्यहरू परिबेक्षकका रूपमा खटाइनेछन्। निर्वाचन प्रक्रिया संचालनका लागि प्रत्येक क्षेत्रमा प्रमुख र सदस्यसमेत तोकिएका छन्।

मंसिर १० गते मनोनयन दर्ता गर्ने समय तोकिएको छ। सम्बन्धित कमिटीका सदस्यहरूले आफ्नै कमिटीमार्फत र सामान्य सदस्यहरूले क्षेत्रीय समन्वय कमिटीका अध्यक्ष वा सचिवसमक्ष मनोनयन दर्ता गर्नुपर्नेछ। उम्मेदवारी दर्ता शुल्क १० हजार रुपैयाँ राखिएको छ।

उम्मेदवार हुन पार्टी सदस्यता सात वर्ष पूरा भएको हुनुपर्ने र युवातर्फका उम्मेदवारका लागि मंसिर १३ गतेसम्म उमेर ४० वर्ष ननाघेको हुनुपर्ने शर्त राखिएको छ।

प्रकाशित मिति : ८ मंसिर २०८२, सोमबार  २ : २६ बजे

फिफा विश्वकप : कंगोविरुद्ध पोर्चुगललाई सुरुवाती अग्रता

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आफ्नो पहिलो खेलमा पोर्चुगलले

चीन भ्रमण सकेर परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको चारदिने औपचारिक भ्रमण सम्पन्न

इरान-अमेरिका द्वन्द्वपछि युएईका एयरलाइन्सले घोषणा गरे विस्तारित यात्रा बीमा योजना

काठमाडौँ । मध्यपूर्वमा जारी द्वन्द्वको प्रभावपछि यात्रुलाई आकर्षित गर्न संयुक्त

तुइन खोलामा पहिरो, नारायणगढ-मुग्लिन सडक एकतर्फी अवरुद्ध

काठमाडौँ । नारायणगढ– मुग्लिन सडकखण्ड अन्ततर्गत तुइन खोलामा पहिरो खस्दा

सरकारलाई ‘पापड’को खबरदारी

काठमाडौं । शान्ति र लोकतन्त्रका लागि पेसागत सञ्जाल (पापड) ले