काँक्रेबिहारको जंगलमा झुन्डिएको अवस्थामा भेटिए किशोर-किशोरी « Khabarhub

काँक्रेबिहारको जंगलमा झुन्डिएको अवस्थामा भेटिए किशोर-किशोरी


८ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सुर्खेतमा एउटै रुखमा सलको पासो लगाएर झुन्डिएको अवस्थामा किशोर-किशोरी भेटिएका छन् ।

वीरेन्द्रनगरस्थित काँक्रेबिहार जंगलमा जुम्लाका युवा र सुर्खेतकी युवती एकै रुखमा पासो लगाएको अवस्थामा मृत भेटिएका हुन् ।

वीरेन्द्रनगर नगरपालिका-१० की १६ वर्षीया दीपिका चौधरी र जुम्लाको कनकासुन्दरी गाउँपालिका-७ का १८ वर्षीय नरेश खत्री मृत एकै रुखमा मृत भेटिएका हुन् । मृतक दुवैजनाको आफन्तले पहिचान गरेका छन् ।

घटनास्थल जाँचप्रकृति मुचुल्कापछि दुवैजनाको शव पोष्टमार्टका लागि प्रदेश अस्पतालमा पठाइएको सुर्खेत प्रहरीका प्रवक्ता डीएसपी मोहनजंग बुढथापाले जानकारी दिएका छन् ।

घटनाबारे थप अनुसन्धान जारी रहेको पनि उनले बताएका छन् । उनीहरू प्रेम सम्बन्धमा रहे नरहेकोबारे परिवारका सदस्यले केही खुलाएका छैनन् ।

प्रकाशित मिति : ८ मंसिर २०८२, सोमबार  २ : ५६ बजे

आज विश्व दृष्टि दिवस मनाइँदै

काठमाडौँ- ‘आँखालाई माया गरौँ, दृष्टिको रक्षा गरौँ’ भन्ने नाराका साथ

आईपीयू महासभामा नेपालको आपत्कालीन प्रस्ताव दुईतिहाइ बहुमतले चयन

तान्जानिया– तान्जानियाको अरुसामा जारी अन्तर–संसदीय संघ (आईपीयू) को १५३औँ महासभामा

बेनी–जोमसोम–कोरला सडक : कुनौटामा मार्ग छिचोलियो

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण अवरुद्ध बनेको चीन

केही भूभागमा चट्याङसहित भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज बिहान १० बजेदेखि मतदान

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय नेतृत्व चयनका लागि