काँक्रेबिहारको जंगलमा झुन्डिएको अवस्थामा भेटिए किशोर-किशोरी « Khabarhub

काँक्रेबिहारको जंगलमा झुन्डिएको अवस्थामा भेटिए किशोर-किशोरी


८ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सुर्खेतमा एउटै रुखमा सलको पासो लगाएर झुन्डिएको अवस्थामा किशोर-किशोरी भेटिएका छन् ।

वीरेन्द्रनगरस्थित काँक्रेबिहार जंगलमा जुम्लाका युवा र सुर्खेतकी युवती एकै रुखमा पासो लगाएको अवस्थामा मृत भेटिएका हुन् ।

वीरेन्द्रनगर नगरपालिका-१० की १६ वर्षीया दीपिका चौधरी र जुम्लाको कनकासुन्दरी गाउँपालिका-७ का १८ वर्षीय नरेश खत्री मृत एकै रुखमा मृत भेटिएका हुन् । मृतक दुवैजनाको आफन्तले पहिचान गरेका छन् ।

घटनास्थल जाँचप्रकृति मुचुल्कापछि दुवैजनाको शव पोष्टमार्टका लागि प्रदेश अस्पतालमा पठाइएको सुर्खेत प्रहरीका प्रवक्ता डीएसपी मोहनजंग बुढथापाले जानकारी दिएका छन् ।

घटनाबारे थप अनुसन्धान जारी रहेको पनि उनले बताएका छन् । उनीहरू प्रेम सम्बन्धमा रहे नरहेकोबारे परिवारका सदस्यले केही खुलाएका छैनन् ।

प्रकाशित मिति : ८ मंसिर २०८२, सोमबार  २ : ५६ बजे

दार्चुलामा जीप दुर्घटनाः एक जनाको मृत्यु

दार्चुला – मार्मा गाउँपालिका–३ भसेमा जीप दुर्घटना हुँदा एक जनाको

आज विश्व ध्यान दिवस मनाइँदैः टुँडिखेलमा विशेष कार्यक्रम

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको घोषणाअनुसार आज ‘विश्व ध्यान दिवस’ मनाइँदै

निर्वाचन ७४ दिन बाँकीः आचारसंहितामा कस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल पुस ६ गते आइतबार तदनुसार