चितवनमा थपिए २२ हजार मतदाता « Khabarhub

चितवनमा थपिए २२ हजार मतदाता


८ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि चितवनमा २२ हजार ३३८ मतदाता थपिएका छन् । बायोमेट्रिकबाट ११ हजार ९० र राष्ट्रिय परिचयपत्रमार्फत ११ हजार २४८ मतदाता थपिएका हुन् ।

जिल्ला निर्वाचन कार्यालयका प्रमुख भीमशेन कार्कीका अनुसार बायोमेट्रिकबाट थपिएका मतदातामध्ये छ हजार ३११ पुरुष, चार हजार ७७६ जना महिला र तीन तेस्रो लिङ्गी रहेका छन् । 

उनका अनुसार अन्य जिल्लाका दुई हजार १२३ मतदाताले मतदाता नामावलीमा नाम दर्ता गराएका छन् । गत असोज १० गतेदेखि यही मङ्सिर ५ गतेसम्म ती मतदाताले आफ्नो नाम दर्ता गराएका हुन् । 

यस्तै त्रुटि सच्याउने ३४४ जना र ठाउँसारीका एक हजार ७२८ जनाले निवेदन दिएका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचन २०७९ मा जिल्लामा चार लाख २१ हजार ३९२ मतदाता थिए । त्यो बेला तेस्रो लिङ्गी मतदाता एक जना थिए ।

निर्वाचन आयोगले अन्तिम नामावली सार्वजनिक गर्दा सम्म यो सङ्ख्यामा केही थप हुनसक्ने प्रमुख कार्कीले बताए । बाहिरी जिल्लामा रहेका चितवन बासीले पनि नाम दर्ता गराएको हुनसक्ने भएकाले यो सङ्ख्यामा थपघट हुने उनले बताए।

यससँगै फागुनमा हुने निर्वाचनका लागि जिल्लामा १६२ वटा स्थल यथावत राखिने भएको छ । एक हजार मतदाता बराबर एउटा मतदान केन्द्र हुने भएकाले थपिएका मतदाताको आधारमा मतदान केन्द्र थप गरिने छ । 
 

प्रकाशित मिति : ८ मंसिर २०८२, सोमबार  ४ : २० बजे

घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु, बुबा घाइते

दाङ – दाङको घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु

गगन थापा मुलुकको नेतृत्व गर्न तयार : उपसभापति शर्मा

झापा – नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीका सभापति गगनकुमार

प्रधानमन्त्री कप क्रिकेटः बैतडीको शानदार सुरुआत

बैतडी – प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनोटमा

आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छ : उपाध्यक्ष थापा

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले

टी–२० विश्वकपमा भारतसँगकाे खेल बहिष्कार गर्ने पाकिस्तानको निर्णय

काठमाडौं – आईसीसी टी–२० विश्वकप २०२६ मा पाकिस्तानले भारतसँग हुने