एक सातामा ५५ जनामा देखियो डेंगु, ७ हजार नाघे सङ्क्रमित « Khabarhub

एक सातामा ५५ जनामा देखियो डेंगु, ७ हजार नाघे सङ्क्रमित


८ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पछिल्लो एक सातामा देशभर ५५ जनामा डेंगुको सङ्क्रमण देखिएको छ । 

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा इडिसिडीले सार्वजनिक गरेको तथ्यांक अनुसार यो साता १ सय ९ जनामा डेंगु परिक्षण गर्दा ५५ जनामा पोजेटिभ देखिएको हो । योसँगै नेपालमा डेंगु सङ्क्रमितको सङ्ख्या ७ हजार ८ सय ८२ पुगेको छ । 

बागमती प्रदेशमा सङ्क्रमितको सङ्ख्या २ हजार २५ पुगेको छ भने गण्डकीमा २ हजार, लुम्बिनीमा १ हजार ३ सय ४, कोशीमा १ हजार ८, सुदूरपश्चिममा ८ सय ४५, कर्णालीमा ५ सय २४ र मधेश प्रदेशमा १ सय ७६ जनामा डेंगुको सङ्क्रमण देखिएको इडिसिडीले जनाएको छ । 

गर्मी र वर्षातको समयमा ताराई क्षेत्रमा मात्र देखिने डेंगु पछिल्लो समय बाह्रै महिना तथा हिमाली क्षेत्रमा पनि देखिन थालेको छ । जलवायु परिवर्तनको असरले लामखुट्टेको प्रजनन समयावधि लम्बिनु, तापक्रममा असामान्य वृद्धि हुनु, वर्षा चक्रको अनियमियताले डेंगुको सङ्क्रमण बढ्दै गएको चिकित्सकहरू बताउँछन् ।

प्रकाशित मिति : ८ मंसिर २०८२, सोमबार  ४ : ४० बजे

तनहुँ जलविद्युत् आयोजनाको भौतिक प्रगति ७८ प्रतिशत

तनहुँ– तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनामा ७८

जुम्लामा आज सार्वजनिक बिदा

जुम्ला– कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लाभर आज सार्वजनिक बिदा दिएको

बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज बिहीबार, भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २२ गते बिहीबार सन् २०२६

आज २०८३ साल असोज २२ गते बिहीबारको राशिफल

काठमाडौँ – आज २०८३ साल असोज २२ गते बिहीबार सन्