स्वास्थ्य सामग्रीको ठेक्का घोटाला अरोपमा सात जनाविरुद्ध अख्तियारमा मुद्दा  « Khabarhub

स्वास्थ्य सामग्रीको ठेक्का घोटाला अरोपमा सात जनाविरुद्ध अख्तियारमा मुद्दा 


८ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र हेटौँडाका तत्कालीन निमित्त निर्देशक डा. अर्जुन प्रसाद सापकोटा सहित सात जनाविरुद्ध  भ्रष्टाचार मुद्दा दायर गरेको छ । 

आरोपपत्रमा सार्वजनिक सम्पत्ति हानी गरी भ्रष्टाचार गरेको आरोप लगाइएको छ । आरोपपत्र अनुसार, केन्द्रका तत्कालीन लेखा अधिकृत राधा कृष्ण श्रेष्ठ, फार्मेसी सुपरभाइजर राजेश्वर रंजितकार, रेफ्रिजेरेटर टेक्निशियन रवीकुमार महतो, बायोमेडिकल इन्जिनियर राजेश्वर कमली, प्रदेश लेखा नियन्त्रक कार्यालय हेटौँडाका तत्कालीन लेखा अधिकृत नेत्र नर सिंह कार्की र आपूर्तिकर्ता जनमुक्ति हेल्थ इन्टरप्राइजेज तथा कम्पनीका प्रोपाइटर नवराज श्रेष्ठमाथि जनही ३१ लाख १७ हजार ८९ रुपैयाँ बिगो माग गरिएको छ ।

अख्तियारले हेटौँंडा स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले सबैभन्दा कम मूल्य कबोल गर्ने फर्मको बोलपत्र अस्वीकृत गरी बढी मूल्य कबोल गर्ने फर्मलाई ठेक्का दिएको जनाएको छ । 

केएस इन्टरनेशनलले ९८ लाख ९१ हजार २०० रुपैयाँमा बोलपत्र दिएको थियो, तर चौथो कम मूल्य कबोल गर्ने जनमुक्ति हेल्थ इन्टरप्राइजेजलाई १ करोड २४ लाख ४४ हजार १२ रुपैयाँमा ठेक्का दिएको अख्तियारले जनाएको छ ।

सार्वजनिक खरिद ऐनको उद्देश्य विपरीत, प्रतिवादीहरूले अन्य प्रतिस्पर्धीलाई व्यवस्थित रूपमा हटाएर लक्षित फर्मलाई स्वास्थ्य सामग्री आपूर्तिको ठेक्का दिलाएर भ्रष्टाचार गरेको आरोपपत्रमा उल्लेख छ ।

प्रकाशित मिति : ८ मंसिर २०८२, सोमबार  ५ : ४५ बजे

केही भूभागमा चट्याङसहित भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज बिहान १० बजेदेखि मतदान

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय नेतृत्व चयनका लागि

तनहुँ जलविद्युत् आयोजनाको भौतिक प्रगति ७८ प्रतिशत

तनहुँ– तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनामा ७८

जुम्लामा आज सार्वजनिक बिदा

जुम्ला– कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लाभर आज सार्वजनिक बिदा दिएको

बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण