जेन-जी आन्दोलनका घटनामा ओलीको दोष छैन, उहाँले त उदारता देखाउनु भयो : प्रदीप ज्ञवाली « Khabarhub

जेन-जी आन्दोलनका घटनामा ओलीको दोष छैन, उहाँले त उदारता देखाउनु भयो : प्रदीप ज्ञवाली


८ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


273
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवाली एमालेमा अहिले पार्टीमा अध्यक्ष केपी शर्मा ओलीको विकल्प नभएको बताएका छन् ।

यही मंसिर २७ गतेदेखि हुन लागेको एघारौँ महाधिवेशनबाट पनि नेतृत्वमा ओली नै नेतृत्वमा आउने ज्ञवालीले बताएका छन् ।

ओलीभन्दा एमाले हाँक्ने अन्य कुनै नेता अहिले नदेखिएको बताउँदै ज्ञवालीले भदौ २३ र २४ गतेको जेन-जी आन्दोलन हुनुमा ओलीको कुनै भूमिका र दोष नभएको बताए ।

यतिमात्रै होइन, ज्ञावालीले जेन-जी आन्दोलनका क्रममा त्यसबेलाको सरकारले उदारता देखाएको दाबी गरेका छन् । एमालेका वर्तमान उपमहासचिव ज्ञवाली आगामी महाधिवेशनमा महासचिवको प्रतिस्पर्धामा उत्रिने तयारीमा छन् ।

‘अहिले एमालेमा ओलीको विकल्प खोज्ने बेला भएको छैन। सबै नेताहरू नेतृत्वका लागि योग्य हुन्छन् भन्ने छैन’, ज्ञवालीले खबरहबसँग भने, ‘जेन-जी आन्दोलनलाई एउटा कोणबाट हेरेर मात्रै हुँदैन । त्यो आन्दोलन हुनुमा तत्कालीन सरकारको गल्ती छैन । बरू त्यसबेला सरकारले त उदारता देखाएको हो।’

ज्ञवालीसँगको विस्तृत अन्तर्वार्ताका लागि खबरहब हेर्दै गर्नुहोला ।

प्रकाशित मिति : ८ मंसिर २०८२, सोमबार  ५ : ४९ बजे

जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो पहिलो विकेट, सोमपालले दिलाए सफलता

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

काठमाडौँका विभिन्न स्थानमा चोरी गर्ने चार भारतीय पक्राउ

काठमाडौँ– काठमाडौँका विभिन्न स्थानमा घर तथा फ्ल्याटमा कोही नभएको मौका

फिल्म फेस्टिभलमा शबाना आजमी र मार्को मुलर सहभागी हुने

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले कात्तिक १३ गतेदेखि १५ गतेसम्म काठमाडौं फिल्म