महोत्तरीमा २५ हजारभन्दा बढी मतदाता थपिए « Khabarhub

महोत्तरीमा २५ हजारभन्दा बढी मतदाता थपिए


८ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जलेश्वर – महोत्तरीमा २५ हजारभन्दा बढी मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार गत असोज ९ गतेदेखि मङ्सिर ५ गतेसम्म फोटोसहितको मतदाता नामावली संकलन कार्यक्रममा २५ हजार २५४ मतदाता थपिएका हुन् ।

कार्यालयमा उपस्थित भएर तीन हजार ९३९ जना पुरुष र दुई हजार ८८९ जना महिला गरी जम्मा छ हजार ८२६ जनाले फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराएका हुन् । यस्तै, १८ हजार ४२६ जनाले राष्ट्रिय परिचयपत्रको आधारमा अनलाइनमार्फत नामावली दर्ता गराएका जिल्ला निर्वाचन अधिकारी रञ्जिता झाले जानकारी दिए ।   

दश नगरपालिका र पाँच गाउँपालिका गरी १५ वटा स्थानीय तह रहेको महोत्तरीमा चार वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेका छन् । 

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनलाई मध्यनजर गर्दै आयोगले नामावली संकलन गरेको थियो । 

प्रकाशित मिति : ८ मंसिर २०८२, सोमबार  ७ : ०६ बजे

कालीगण्डकी करिडोर : यस्तो बन्यो तातोपानी-घाँसा खण्ड

म्याग्दी – चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर,

घोडाघोडीमा निःशुल्क आँखा जाँच शिविर, ३८४ जनाको परीक्षण

कैलाली– घोडाघोडी नगरक्षेत्रमा मोतियाबिन्दुको समस्या उच्च पाइएको छ । जिल्लाको

वैभवीलाई भारतमा तीन स्वर्ण

काठमाडौं – तेक्वान्दो खेलाडी वैभवी सापकोटाले तेस्रो कालिम्पोङ अन्तरराष्ट्रिय तेक्वान्दो

गाउँमै वाइन उद्योग स्थापना भएपछि किबी किसानलाई राहत

धनकुटा– गाउँमा नै किबी खपत गर्ने वाइन उद्योग सञ्चालनमा आएपछि

धान उत्पादन घट्यो

भोजपुर– अनियमित मौसमका कारण भोजपुरमा यस वर्ष धान उत्पादनमा गिरावट