टीओबी समूहका ५६ सदस्य नेपाली, तेन्जिन मात्र तिब्बतसँग जोडिए « Khabarhub

टीओबी समूहका ५६ सदस्य नेपाली, तेन्जिन मात्र तिब्बतसँग जोडिए


८ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


303
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गत भदौ २४ गतेको जेन–जी प्रदर्शनमा वातावरण भड्काएको आरोप लागेको ‘टीओबी’ समूहका अधिकांश सदस्य नेपाली नागरिक भएको प्रहरीले जनाएको छ। काठमाडौं प्रहरी परिसरले सोमबार पत्रकार सम्मेलन गर्दै टीओबीबारेको अनुसन्धान सार्वजनिक गर्दै समूहका ५७ मध्ये तेन्जिन दावा लामा मात्र तिब्बती मूलका रहेको स्पष्ट पारेको हो।

चर्को आवाजमा बाइक कुदाएको र बिजुलीबजारमा पेस्तोल देखाएको आरोपमा पक्राउ परेका तेन्जिनमाथि अभद्र व्यवहार, कागजात तथा लागूऔषधसम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले बतायो। प्रहरीले उनको साथबाट ‘तिब्बतीयन ओरिजिनल ब्लड’ लेखिएको ६ वटा ज्याकेट पनि बरामद गरेको छ।

२०२४ जुन १० मा स्थापना भएको यो बाइकर्स समूहका २६ सदस्यले आन्दोलनमा १४ मोटरसाइकल प्रयोग गरेको र ती सबै सोमबार अभिभावकको रोहबरमा सोमबार बुझाइएको छ। समूहका सदस्यहरूले र्‍यापर सुरेन्द्र गुरुङबाट प्रभावित भएर ‘हाकिम’ लेखिएको टिसर्ट प्रयोग गरेको बयान दिएका छन्।

‘यसमा ५७ जना सदस्य रहेछन्, लोगोको डिजाइन तेन्जिन नै गरेका रहेछन्,’ सोमबार आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘यसको पूरा रुप द ओरिजिनल ब्रदर्स रहेको देखिन्छ, तर तिब्बती मूलको भएकाले तेन्जिनले आफ्नो ज्याकेटमा तिब्तियन ओरिजिनल ब्लड लेखेको बयान दिएका छन्।’

प्रकाशित मिति : ८ मंसिर २०८२, सोमबार  १० : ०१ बजे

आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छ : उपाध्यक्ष थापा

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले

टी–२० विश्वकपमा भारतसँगकाे खेल बहिष्कार गर्ने पाकिस्तानको निर्णय

काठमाडौं – आईसीसी टी–२० विश्वकप २०२६ मा पाकिस्तानले भारतसँग हुने

बालेन भन्छन् : दिनेश सिटौलाको अभाव सधै खड्किनेछ

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले

कसुरजन्य सम्पत्तिको विवरणका लागि प्रणाली यथाशीघ्र विकास गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौ – गृहमन्त्री ओमप्रकाश अर्यालले अनुसन्धान गर्ने निकायबाट कसुरजन्य सम्पत्तिको

‘एक्जिट पोल’ चलाउने यी ६ वेबसाइट बन्द गराउन आयोगले प्राधिकरणलाई पठायो पत्र

काठमाडौँ- फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनलाई लिएर एक्जिट पोल