जेनजी आन्दोलनमा प्रहरी कार्यलयबाट लुटिएका हतियारसहित कांग्रेस नेता लिङ्देनका छोरा पक्राउ « Khabarhub

जेनजी आन्दोलनमा प्रहरी कार्यलयबाट लुटिएका हतियारसहित कांग्रेस नेता लिङ्देनका छोरा पक्राउ


८ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जेनजी आन्दोलनका क्रममा कामठाडौं प्रहरी कार्यालयबाट लुटिएका हतियारसहित कांग्रेस नेता विश्वदीप लिङ्देनका छोरासहित तीना जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा झापा दमक वडा न६, प्रशान्ती टोल निवासी कांग्रेस नेता विश्वदीपका छोरा २९ वर्षीय विश्व लिङ्देन , दमक वडा नं ९ बस्ने २६ वर्षीय सरोज पुरी र इलाम चुलाचुली वडा नं ४ आइतवारे बस्ने ३० वर्षीय पवन हाङसुङ्वा रहेका छन् ।

भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा काठमाडौं महानगरीय प्रहरी कार्यालय रानीपोखरीबाट लुटिएको दुईवटा हतियार र २० राउण्ड गोलीसहित उनीहरु पक्राउ परेका हुन् ।

गएराति लागूऔषध नियन्त्रण व्यूरोबाट खटिएको टोलीले दमक ९ स्थायी ठेगाना भई दमक ८ मा डेरा बस्दै आएका सरोजलाई एक थान ठूलो चापे टाइप ५४ चाइनिज पेस्तोल र सोको १५ राउण्ड गोलीसहित पक्राउ गरेको थियो ।

उनलाई इलाका प्रहरी कार्यालय दमकमा ल्याएर सोधपुछ गर्दा उनले कांग्रेस नेता लिङदेनका छोरालाई अर्को हतियार राख्न दिएको बताएका थिए । त्यसको आधारमा लिङ्देनलाई उनको घरबाटै पक्राउ गरिएको थियो । लिङ्देनलाई थप सोधपुछ गर्दा उनले इलाम चुलाचुली ४ बस्ने पवनलाई २० हजार रुपैयाँमा सो हतियार बेचेको बताएका थिए ।

त्यसपछि लामो खोजीपछि काँकडभिट्टा शाखा कार्यालय र दमक प्रहरीको संयुक्त टोली इलाम पुगेको थियो। त्यहाँ पवन हाङसुङ्वाको बारीमा खाल्डो खनेर रातो प्लास्टिकको झोलामा लुकाइ राखिएको टाइप–५४ चाइनिज पेस्तोल एक थान, राउण्ड ५ (पेस्तोलमै लोड गरिएको अवस्थासहित) फेला पारियो। हतियारमा खिया लागेको देखिन्थ्यो। त्यसपछि प्रहरीले पनवलाई पनि पक्राउ गरेको हो ।

बरामद हतियारसहित तीनै जनालाई थप अनुसन्धानका लागि काठमाडाैं पठाइएको प्रहरी स्रोतले बताएको छ ।

पक्राउ परेका मध्ये विश्वका बाबु विश्वदीप लिङ्देन २०६४ सालमा तत्कालीन माओवादीका तर्फबाट उम्मेदवार बनेका थिए र सो निर्वाचनमा उनी तत्कालीन एमाले नेता केपी शर्मा ओलीलाई हराउँदै चर्चामा आएका थिए। दुई वर्षअघि कांग्रेस सभापति शेरबहादुर देउवाले उनलाई नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको सदस्यमा मनोनयन गरेका थिए।

प्रकाशित मिति : ८ मंसिर २०८२, सोमबार  १० : ३७ बजे

परराष्ट्रमन्त्री खनाललाई रुसी समकक्षीको बधाई

काठमाडौँ– रूसका परराष्ट्रमन्त्री सर्गेई लाभरोभले नेपालको परराष्ट्रमन्त्रीमा शिशिर खनाल नियुक्त

गृहमन्त्री सुधन गुरुङले गरे पशुपतिनाथ मन्दिरको दर्शन

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङले पशुपतिनाथ मन्दिरको दर्शन गरेका छन्।

महावीर पुन सांसद भएर पनि किन किताब बेच्छन् ?

काठमाडौँ – प्रतिनिधि सभा सदस्य तथा राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक

बैतडीको श्रीपुर स्वास्थ्य केन्द्रमा ‘सतर्कता केन्द्र’ सञ्चालन

बैतडी– महामारी तथा विपदका बेला सूचना आदानप्रदान गर्न शिवनाथ गाउँपालिका–३

अस्वीकृत धूनदेखि राष्ट्रिय अवार्डसम्म: ‘क्या हुआ तेरा वादा’ को कथा

काठमाडौँ – बलिउडको संगीत इतिहासमा केही यस्ता गीत हुन्छन्, जुन