तराईमा बाक्लो हुस्सु र कुहिरो अझै तीन दिन कायम रहने « Khabarhub

तराईमा बाक्लो हुस्सु र कुहिरो अझै तीन दिन कायम रहने


९ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – तराईमा लागेको बाक्लो हुस्सु र कुहिरो अझै केही दिन लम्बिने भएको छ।

जल तथा मौसम विज्ञान विभागले बाक्लो हुस्सु र कुहिरो अझै तीन दिन कायम रहने भएकाले आवश्यक सावधानी अपनाउन सबैमा अनुरोध गरेको छ। विभागले जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पार्नसक्ने उल्लेख गरेको छ।

विभागका मौसमविद् हरिप्रसाद दाहालले केही दिन तराईका धेरै ठाउँमा लागेको हुस्सु÷कुहिरो नहट्ने बताए।

दाहालले भनेका छन्, “आगामी तीन दिनमा उल्लेख्य सुधार हुने सम्भावना नरहेकाले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातलगायत क्षेत्रमा प्रभाव पर्ने देखिएकाले आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध छ।”

उनका अनुसार मंगलबार बिहान काठमाडौँको तापक्रम यो वर्षकै सबैभन्दा कम रेकर्ड भएको हो। मंगलबार काठमाडौंको तापक्रम ४ दशमलव ९ डिग्रीमा झरेको थियो। मौसमविद् दाहालले मुख्यगरी पानी पर्ने प्रणाली नभएको पश्चिमी वायु सक्रिय हुन नसकेकाले हुस्सु कुहिरो थप बढेको हो।

मौसमविद्हरुले यस्तो अवस्थामा न्यानो भएर बस्न तथा तातो खानेकुरा खान सुझाव दिएका छन्।

प्रकाशित मिति : ९ पुस २०८२, बुधबार  ५ : ५७ बजे

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन

एनपीएलमा श्रीलंकन कप्तान चरिथ असलंकाले विराटनगरबाट खेल्ने

काठमाडौं । विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो

कृष्णभीरको सडक खुलेपछि तुइनखोलामा पनि सञ्चालन

नारायणगढ – पृथ्वी राजमार्गअन्तर्गतको कृष्णभीरमा गएको पहिरोपछि खोलिएको नयाँ ट्र्याकबाट

भोटेकोशी बाढी : ३६ देशका ६०६ विदेशी पर्यटक अझै बेपत्ता

काठमाडौं – भोटेकोशीे बाढीमा परेर ३६ देशका ६०६ विदेशी पर्यटक

चितवनमा दुई महिनामा ९२ जना डेङ्गु सङ्क्रमित

चितवन – जिल्लाका अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये ९२ जनामा