केन्द्रीय कारागारबाट फरार कैदीबन्दी पक्राउ « Khabarhub

केन्द्रीय कारागारबाट फरार कैदीबन्दी पक्राउ


९ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले वन्यजन्तुको आखेटोपहार ओसारपसार मुद्दामा फरार कैदीबन्दीलाई पक्राउ गरेको छ ।

गत भदौ २३ र २४ को आन्दोलनका क्रममा केन्द्रीय कारागार कार्यालय जगन्नाथदेवलबाट फरार रहेका सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–५ का टसी तामाङलाई मङ्गलबार पक्राउ गरेको ब्युरोले जनाएको छ ।

संरक्षित वन्यजन्तु सालकको खपटा आखेटोपहार ओसारपसार गरेको मुद्दामा गौरीशङ्कर संरक्षण क्षेत्रको कार्यालय दोलखाको २०७० मङ्सिर १७ को फैसलाबमोजिम तामाङले पाँच वर्ष कैद र ६२ हजार १७५ रुपैयाँ जरिवाना ठहर भई जगन्नाथदेवल, सुन्धारा कारागारमा कैद सजाय भुक्तान गरिरहेका थिए ।

कारागारबाट भागी फरार भई लुकिछिपी बसेको अवस्थामा ब्युरोको टोलीले काठमाडौंस्थित गोकर्णेश्वरबाट पक्राउ गरी केन्द्रीय कारागार कार्यालय, जगन्नाथदेवलमा पेस गरेको छ ।

प्रकाशित मिति : ९ पुस २०८२, बुधबार  ७ : ०२ बजे

१० वर्षको प्रतीक्षापछि आमाको नामबाट नागरिकता

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–७ का समिर खान र यास्मिन बेगमले

मुस्ताङमा ८० प्रतिशत निर्वाचन प्रहरी जिल्ला बाहिरका

मुस्ताङ– आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित

नयाँ नेता नमिले नयाँ मान्छे प्रधानमन्त्री बन्दैन : महावीर पुन

काठमाडौं – निवर्तमान शिक्षामन्त्री एवम् म्याग्दीका प्रतिनिधि सभा सदस्य महावीर

‘मानवअधिकार संरक्षणमा नेपाल प्रतिबद्ध’

काठमाडौं– परराष्ट्रसचिव अमृतबहादुर राईले मानवअधिकार संरक्षणका निम्ति नेपाल पूर्ण प्रतिबद्ध

मकवानपुरको सिमखोलामा सवारी दुर्घटना, एक जनाको मृत्यु

मकवानपुर– कुलेखानी–काठमाडौं सडकखण्डअन्तर्गत मकवानपुरको इन्द्रसरोवर गाउँपालिका– २ सिमखोला पुल नजिक