कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै, महाधिवेशनको कार्यतालिका हेरफेर हुन सक्ने « Khabarhub

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै, महाधिवेशनको कार्यतालिका हेरफेर हुन सक्ने


९ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ ।

बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

बैठकमा पदाधिकारी, पूर्वपदाधिकारी र वरिष्ठ केन्द्रीय सदस्यहरूलाई बोलाइएको छ ।

बैठकमा यही पुस २६ देखि २८ गतेसम्म हुने तय गरिएको १५औँ राष्ट्रिय महाधिवेशनको तयारी तथा क्रियाशील सदस्यता वितरणमा अलमल भइरहेको विषयमा छलफल हुनेछ ।

नयाँ क्रियाशील सदस्यता वितरणमा भएको विलम्वका कारण महाधिवेशनकाे कार्यतालिका हेरफेर हुनसक्ने बुझिएको छ । आजको बैठकमा महाधिवेशनको मिति सार्ने विषयमा पनि छलफल हुने अनुमान गरिएको छ ।

क्रियाशील सदस्यता टुंग्याएर पुस १६ मा वडा अधिवेशन गर्ने कार्यतालिका छ । यस्तै, पुस १७ मा पालिका अधिवेशन, पुस १९ मा प्रदेश सभा क्षेत्रीय अधिवेशन गर्ने तालिका छ ।

यसैगरी, पुस २१ मा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लाको अधिवेशन, पुस २२ मा दुई वा दुईभन्दा बढी निर्वाचन क्षेत्र रहेका जिल्ला अधिवेशन, पुस २३ र २४ मा प्रदेश अधिवेशन र पुस २६ देखि २८ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका छ ।

प्रकाशित मिति : ९ पुस २०८२, बुधबार  ७ : ५१ बजे

१० वर्षको प्रतीक्षापछि आमाको नामबाट नागरिकता

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–७ का समिर खान र यास्मिन बेगमले

मुस्ताङमा ८० प्रतिशत निर्वाचन प्रहरी जिल्ला बाहिरका

मुस्ताङ– आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित

नयाँ नेता नमिले नयाँ मान्छे प्रधानमन्त्री बन्दैन : महावीर पुन

काठमाडौं – निवर्तमान शिक्षामन्त्री एवम् म्याग्दीका प्रतिनिधि सभा सदस्य महावीर

‘मानवअधिकार संरक्षणमा नेपाल प्रतिबद्ध’

काठमाडौं– परराष्ट्रसचिव अमृतबहादुर राईले मानवअधिकार संरक्षणका निम्ति नेपाल पूर्ण प्रतिबद्ध

मकवानपुरको सिमखोलामा सवारी दुर्घटना, एक जनाको मृत्यु

मकवानपुर– कुलेखानी–काठमाडौं सडकखण्डअन्तर्गत मकवानपुरको इन्द्रसरोवर गाउँपालिका– २ सिमखोला पुल नजिक