भूराजनीतिका नाममा शंकर पोखरेल चिप्लिएपछि… « Khabarhub

भूराजनीतिका नाममा शंकर पोखरेल चिप्लिएपछि…


९ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा (एमाले)का महासचिव शंकर पोखरेल भूराजनीतिका नाममा चिप्लिएका छन् । मंगलबार राति सामाजिक सञ्जालमा महासचिव पोखरेलले प्रमुख शक्ति राष्ट्रका राजदूत एकसाथ फिर्ता हुन लागेको विषयमा बुझाइ कमजोर हुँदा चिप्लिएका हुन् । देशकै ठूलो कम्युनिस्ट पार्टीको महासचिवको भूराजनीतिक बुझाइ र संवेदनशीलताको विषयमा दिएको अभिव्यक्तिको सामाजिक सञ्जालमा आलोचना भइराखेको छ ।

महासचिचव पोखरेलले फेसबुकमा लेखेका छन्, ‘नेपालको भू राजनीति निकै संवेदनशील अवस्थामा रहेको संकेत प्रमुख शक्ति राष्ट्रका राजदूतहरुको एकसाथ फिर्तिको योजनाबाट बुझ्न सकिन्छ ।’

महासचिव पोखरेलले चिनियाँ राजदूत छन् सङ कार्यकाल पूरा गरेर स्वदेश फर्किन लागेकोे र नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनसहित ३० देशका राजदूतलाई फिर्ता बोलाएपछि स्वदेश जान लागेको प्रसंग नबुझेको भन्दै सामाजिक सञ्जालमा उनको आलोचना भएको हो ।

पत्रकार अनिल गिरी लेख्छन्, ‘महासचिज्यू यस्तो निम्छरो सूचना र जानकारीले एमाले जस्तो राजनीतिक दलको नेता कसरी बनिन्छ ?चीनका राजदूतको कार्यकाल सकिन लागेको थियो र उनको बढुवा पनि भएकोले उनी फिर्ता जाँदै हुन् । अब रह्यो अमेरिकी राजदूतको कुरा । आफ्नो विदेश नीतिको कार्यान्वनका क्रममा ट्रम्पले ३० देशका राजदुत र अरु कूटनीतिक पदाधिकारी फिर्ता बोलाएको मध्य नेपालबाट पनि फिर्ता बोलाइएको हो । अहिलेको सुशीला कार्कीको सरकारसँग असन्तुष्ट भएर चीन र अमेरिका जस्ता देशले राजदूत फिर्ता गरेका होइनन् । भूराजनीति सयौ वर्ष अघि पनि थियो, आज पनि छ र भोलि पनि रहन्छ ।’

अर्का कूटनीतिक क्षेत्रका पत्रकार परशुराम काफ्लेलेसमेत महासचिवलाई नेपालको संवेदनशील भूराजनीतिले यो निर्णय नभएको बुझाएका छन् । ‘आदरणीय शंकर दाजु, एकजना राजदूत कार्यकाल सकिएर र अर्का राजदूत उनको देशको आन्तरिक योजना अनुसार फिर्ता हुन लागेका हुन् । त्यो देशले हामीकहॉबाट मात्र नभएर २९ बढी देशमा खटाइएका राजदूत फिर्ता बोलाएको हो । नेपालको संवेदनशील भूराजनीतिले यो निर्णय गराएको होइन है ।’

यता पत्रकार राजेश बर्माले भने महासचिव पोखरेलप्रति तिखो प्रश्न गर्दै कमेन्टमा लेखेका छन्, ‘महासचिवज्यू, घाँस खाएर महासचिव हुनु भएको हो ? एकजना राजदूत कार्यकाल सकिएर र अर्का राजदूत उनको देश (अमेरिका) को आन्तरिक योजना अनुसार फिर्ता हुन लागेका हुन् । त्यो देशले हामीकहॉबाट मात्र नभएर २९ देशमा खटाइएका राजदूतहरू फिर्ता बोलाएको हो । नेपालको संवेदनशील भूराजनीतिले यो निर्णय गराएको होइन है ।’

एमालेका केही कार्यकर्ताले भने उनको स्टाटसको कमेन्टमा हो हो यही भन्नुभयो महासचिवज्यू भन्दै गलत कुरामा पनि समर्थन गरेका छन् ।

प्रकाशित मिति : ९ पुस २०८२, बुधबार  ९ : १३ बजे

काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा हुरीबतास, चट्याङ र वर्षा

काठमाडौं – मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित आज देशका धेरै ठाउँमा

मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा

गण्डकी – मध्यपूर्वमा जारी युद्धका कारण अन्तरराष्ट्रिय हवाई उडान प्रभावित

इरानी आक्रमणको भिडियो सामाजिक सञ्जालमा अपलोड गर्ने तीन नेपाली यूएईमा पक्राउ

दुबई – यूएईले इरानसँग बढ्दो सैन्य तनावबीच सामाजिक सञ्जालमा आक्रमणसम्बन्धी

छोराछोरीसहित बेपत्ता महिलाको शव भेटियो

सुर्खेत – आइतबार बिहानदेखि भेरी नदीमा छोराछोरीसहित बेपत्ता भएकी गुर्भाकोट

६ हजारभन्दा बढी ग्यास सिलिन्डर भण्डारण गर्ने श्रीराम उद्योगलाई ३ लाख रुपैयाँ जरिवाना

काठमाडौं – वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ग्यासको कृतिम