भूराजनीतिका नाममा शंकर पोखरेल चिप्लिएपछि… « Khabarhub

भूराजनीतिका नाममा शंकर पोखरेल चिप्लिएपछि…


९ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा (एमाले)का महासचिव शंकर पोखरेल भूराजनीतिका नाममा चिप्लिएका छन् । मंगलबार राति सामाजिक सञ्जालमा महासचिव पोखरेलले प्रमुख शक्ति राष्ट्रका राजदूत एकसाथ फिर्ता हुन लागेको विषयमा बुझाइ कमजोर हुँदा चिप्लिएका हुन् । देशकै ठूलो कम्युनिस्ट पार्टीको महासचिवको भूराजनीतिक बुझाइ र संवेदनशीलताको विषयमा दिएको अभिव्यक्तिको सामाजिक सञ्जालमा आलोचना भइराखेको छ ।

महासचिचव पोखरेलले फेसबुकमा लेखेका छन्, ‘नेपालको भू राजनीति निकै संवेदनशील अवस्थामा रहेको संकेत प्रमुख शक्ति राष्ट्रका राजदूतहरुको एकसाथ फिर्तिको योजनाबाट बुझ्न सकिन्छ ।’

महासचिव पोखरेलले चिनियाँ राजदूत छन् सङ कार्यकाल पूरा गरेर स्वदेश फर्किन लागेकोे र नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनसहित ३० देशका राजदूतलाई फिर्ता बोलाएपछि स्वदेश जान लागेको प्रसंग नबुझेको भन्दै सामाजिक सञ्जालमा उनको आलोचना भएको हो ।

पत्रकार अनिल गिरी लेख्छन्, ‘महासचिज्यू यस्तो निम्छरो सूचना र जानकारीले एमाले जस्तो राजनीतिक दलको नेता कसरी बनिन्छ ?चीनका राजदूतको कार्यकाल सकिन लागेको थियो र उनको बढुवा पनि भएकोले उनी फिर्ता जाँदै हुन् । अब रह्यो अमेरिकी राजदूतको कुरा । आफ्नो विदेश नीतिको कार्यान्वनका क्रममा ट्रम्पले ३० देशका राजदुत र अरु कूटनीतिक पदाधिकारी फिर्ता बोलाएको मध्य नेपालबाट पनि फिर्ता बोलाइएको हो । अहिलेको सुशीला कार्कीको सरकारसँग असन्तुष्ट भएर चीन र अमेरिका जस्ता देशले राजदूत फिर्ता गरेका होइनन् । भूराजनीति सयौ वर्ष अघि पनि थियो, आज पनि छ र भोलि पनि रहन्छ ।’

अर्का कूटनीतिक क्षेत्रका पत्रकार परशुराम काफ्लेलेसमेत महासचिवलाई नेपालको संवेदनशील भूराजनीतिले यो निर्णय नभएको बुझाएका छन् । ‘आदरणीय शंकर दाजु, एकजना राजदूत कार्यकाल सकिएर र अर्का राजदूत उनको देशको आन्तरिक योजना अनुसार फिर्ता हुन लागेका हुन् । त्यो देशले हामीकहॉबाट मात्र नभएर २९ बढी देशमा खटाइएका राजदूत फिर्ता बोलाएको हो । नेपालको संवेदनशील भूराजनीतिले यो निर्णय गराएको होइन है ।’

यता पत्रकार राजेश बर्माले भने महासचिव पोखरेलप्रति तिखो प्रश्न गर्दै कमेन्टमा लेखेका छन्, ‘महासचिवज्यू, घाँस खाएर महासचिव हुनु भएको हो ? एकजना राजदूत कार्यकाल सकिएर र अर्का राजदूत उनको देश (अमेरिका) को आन्तरिक योजना अनुसार फिर्ता हुन लागेका हुन् । त्यो देशले हामीकहॉबाट मात्र नभएर २९ देशमा खटाइएका राजदूतहरू फिर्ता बोलाएको हो । नेपालको संवेदनशील भूराजनीतिले यो निर्णय गराएको होइन है ।’

एमालेका केही कार्यकर्ताले भने उनको स्टाटसको कमेन्टमा हो हो यही भन्नुभयो महासचिवज्यू भन्दै गलत कुरामा पनि समर्थन गरेका छन् ।

प्रकाशित मिति : ९ पुस २०८२, बुधबार  ९ : १३ बजे

केन्द्रीय कारागारबाट भागेका दुई कैदी पर्साबाट पक्राउ

वीरगञ्ज– पर्सा प्रहरीले जेन-जी आन्दोलनको क्रममा केन्द्रीय कारागारबाट फरार भएका

पूर्वराष्ट्रपति भण्डारीले भेटिन् झलनाथ खनालकी पत्नी चित्रकारलाई

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वप्रधानमन्त्री झलनाथ खनालकी श्रीमती प्राध्यापक रवि

‘अवतार ३’ मा गोविन्दाको हलिउड डेब्यु वास्तविकता के ?

काठमाडौं– हलिउड साइन्स फिक्सन फिल्म ‘अवतार: फायर एन्ड एस’ सँग

अन्तराष्ट्रिय डेरी एक्स्पो २५ गतेदेखि भरतपुरमा आयोजना हुने

काठमाडौं– अन्तराष्ट्रिय डेरी एक्स्पो २०८२, पुस २५ गतेदेखि चितवनको भरतपुरमा

कस्मेटिक, सौन्दर्य र वेलनेस सम्बन्धी वृहत ट्रेड शो, कस्मेटिका २०२५ हुँदै

काठमाडौं– कस्मेटिक, सौन्दर्य र वेलनेस सम्बन्धी नेपालमा पहिलो तथा एकमात्र