संसद पुनर्स्थापनासम्बन्धी कांग्रेसको पूरक रिटमा आज सुनुवाइ हुँदै « Khabarhub

संसद पुनर्स्थापनासम्बन्धी कांग्रेसको पूरक रिटमा आज सुनुवाइ हुँदै


९ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेससहित ६८ सांसदको हस्ताक्षरसहित प्रतिनिधिसभा पुनर्स्थापनाका लागि सर्वोच्चमा दायर भएको पूरक रिटमा आज पेसी तोकिएको छ ।

नेपाली कांग्रेसका ६५ (पहिलेका ८ सहित) र अन्य तीन निवर्तमान सांसदले हस्ताक्षरसहित बुझाएको प्रतिनिधिसभा पुनर्स्थापना सम्बन्धी रिटमा संवैधानिक इजलासमा सुनुवाइ हुन लागेको हो ।

पूर्वमहान्यायाधिवक्त खम्मबहादुर खातीले मङ्गलबार नेपाली कांग्रेसका ५७,  जनमत पार्टीकी गोमा लाभ, अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) की हसिना खातुन र स्वतन्त्र योगेन्द्र मण्डलको हस्ताक्षरसहितको वारेसमार्फत सर्वोच्चमा रिट दिएका थिए ।

रिटमा प्रतिनिधिसभा निर्वाचनका सबै गतिविधि रोक्न माग गरिएको छ । पूरक निवेदनमा भनिएको छ– ‘असंवैधानिक तवरले नियुक्त प्रधानमन्त्री सुशीला कार्की र उनी नेतृत्वको सरकारले गर्ने भनिएको प्रतिनिधिसभा निर्वाचनसमेत अवैधानिक हुने हुँदा निर्वाचनसँग सम्बन्धित सम्पूर्ण कामकारबाही प्रतिषेधको आदेश जारी गरी रोकिपाउँ ।’

यसअघि मंसिर २३ गते कांग्रेसका ८ सांसदले संसद पुनर्स्थापनाको माग गर्दै रिट दर्ता गराएका थिए । उक्त रिटमा संवैधानिक इजलासले पुस २ गते कारण देखाउ आदेश जारी गरिसकेको छ ।

यस्तै, एमालेका ७५ सांसदहरूले मंसिर १० गते नै प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै सर्वोच्चमा हस्ताक्षर बुझाएका थिए । उक्त रिटको प्रारम्भिक सुनुवाइमा राष्ट्रपति, प्रधानमन्त्रीसहितसँग लिखित जवाफ मागिएको छ । 

कग्रेस–एमाले र अन्यको गरी संसद पुनस्थापनाको माग गर्ने निवर्तमान सांसदको सङ्ख्या १४३ पुगेको छ ।

प्रकाशित मिति : ९ पुस २०८२, बुधबार  ८ : ५८ बजे

१० वर्षको प्रतीक्षापछि आमाको नामबाट नागरिकता

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–७ का समिर खान र यास्मिन बेगमले

मुस्ताङमा ८० प्रतिशत निर्वाचन प्रहरी जिल्ला बाहिरका

मुस्ताङ– आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित

नयाँ नेता नमिले नयाँ मान्छे प्रधानमन्त्री बन्दैन : महावीर पुन

काठमाडौं – निवर्तमान शिक्षामन्त्री एवम् म्याग्दीका प्रतिनिधि सभा सदस्य महावीर

‘मानवअधिकार संरक्षणमा नेपाल प्रतिबद्ध’

काठमाडौं– परराष्ट्रसचिव अमृतबहादुर राईले मानवअधिकार संरक्षणका निम्ति नेपाल पूर्ण प्रतिबद्ध

मकवानपुरको सिमखोलामा सवारी दुर्घटना, एक जनाको मृत्यु

मकवानपुर– कुलेखानी–काठमाडौं सडकखण्डअन्तर्गत मकवानपुरको इन्द्रसरोवर गाउँपालिका– २ सिमखोला पुल नजिक