धुलिखेल–खावा सडकको काम धमाधम (तस्बिरहरू) « Khabarhub

धुलिखेल–खावा सडकको काम धमाधम (तस्बिरहरू)


९ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अरनिको राजमार्ग अन्तर्गत धुलिखेल–खावा सडक खण्डको रोकिएको स्तरोन्नति पुनः सुरु भएको छ ।

नयाँ निर्माण कम्पनीसँग गत कात्तिकमा सम्झौता गरिएपछि पुनः स्तरोन्नतिको काम सुरु भएको हो ।

धुलिखेल–खावा सडकका सुपरभाइजर लोकहरि नेपालका अनुसार कात्तिक अन्तिमबाट काम सुरु भएकोमा अहिले धमाधम काम भइरहेको छ ।

दैनिक सयभन्दा बढीले काम गरिरहेका छन् । १४ महिनाको ठेक्का समय रहेकोमा समयभन्दा अघि नै कालोपत्रे गरेर सक्ने लक्ष्य छ ।

उपकरण र सामानको अभाव नरहेका कारण पहिले स्ट्रक्चरको काम सकेर पिच गर्न सुरु हुनेछ । यसमा स्थानीयको पनि सहयोग रहेको छ । लामो समयदेखि यो सडक प्रयोगकर्ताले सास्ती पाउँदै आएका थिए ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ९ पुस २०८२, बुधबार  ९ : ५८ बजे

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली

एनपीएलमा कर्णालीको विजयी सुरुवात, जनकपुर १९ रनले पराजित

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

तस्बिर हेर्नुहोस् टियू मैदानको माहोल

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत जनकपुर बोल्ट्स