धार्मिक पर्यटकीयस्थल थानीमाईमा पूर्वाधार निर्माण गरियो « Khabarhub

धार्मिक पर्यटकीयस्थल थानीमाईमा पूर्वाधार निर्माण गरियो


९ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

दमौली– जिल्लाको भानु नगरपालिका–७ बसन्तपुरस्थित प्रसिद्ध थानीमाई मन्दिर आउने भक्तजनको सहजताका लागि भवन र ट्रस निर्माण गरिएको छ । गण्डकी प्रदेश सरकार र मन्दिर व्यवस्थापन समितिको आन्तरिक कोषबाट भक्तजनको सहजताका लागि यहाँ भवन र ट्रस निर्माण गरिएको हो । 

गण्डकी प्रदेश सरकारको रु २० लाखमा ट्रस निर्माण गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष जीवन थापाले जानकारी दिए । त्यस्तै कोषबाट रु २८ लाखको लागतमा बनेको भवनमाथि ट्रस थप गरिएको उनले बताए। उनका अनुसार ट्रस निर्माणसँगै मन्दिरमा रातभर जाग्राम बसेर बत्ती बाल्ने भक्तजनलाई सहज हुनेछ । 

समितिका अध्यक्ष थापाले भने, “मंगलबार फूलको डोली चढाउने र त्यसको अघिल्लो रात सोमबार यहाँ जाग्राम बसेर बत्ती बाल्ने प्रचलन छ । रातिको समयमा बस्न सहज होस् भनेर ट्रस हालेका छौँ । अब एकैपटक २०० भन्दा बढी भक्तजनले यहाँ बसेर बत्ती बाल्न सक्नेछन् ।”

आठ कोठे भवनको छ वटा कोठामा समितिको निर्णयअनुसार सहुलियत दरमा रातिका लागि वा अन्य समयमा बास बस्न चाहनेलाई उपलब्ध गराइने थापाले जानकारी दिए । 

मन्दिरमा प्रत्येक वर्ष असोज, कात्तिक, मङ्सिर, माघ, फागुन र चैत महिनाको मङ्गलबार देशका विभिन्न ठाउँबाट आएका भक्तजनले फूलको डोली चढाउने परम्परा छ । 

ती महिनाको मङ्गलबार मन्दिरमा फूलको डोली चढाउन सर्वसाधारणको घुइँचो लाग्ने गर्दछ । मन्दिरमा फूलको डोली चढाउनाले मनको इच्छा पूरा हुने धार्मिक विश्वास रहिआएको छ”, समितिका अध्यक्ष थापाले भने। 

विसं २०७२ वैशाख १२ गतेको भूकम्पबाट क्षति पुगेको मन्दिरको पुनःनिर्माण सम्पन्न भइसकेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट प्राप्त १४ लाख र मन्दिरको भेटीबाट संकलित छ लाख गरी रु २० लाखको लागतमा मन्दिरको पुनःनिर्माण गरिएको हो ।

प्रकाशित मिति : ९ पुस २०८२, बुधबार  १ : ०६ बजे

हिटलरको जन्मस्थल अब प्रहरी कार्यालय

ब्राउनाउ आम इन (अस्ट्रिया)- नाजी नेता एडोल्फ हिटलरको जन्मस्थललाई चरम

हर्मुजमा इरानी नियन्त्रण खतरनाक हुने रुबियोको चेतावनी

मनिला– अमेरिकी विदेशमन्त्री मार्को रुबियोले हर्मुज जलघाँटीमाथि इरानले नियन्त्रण कायम

प्रहरी महानिरीक्षक कार्की स्वदेश फर्किए

काठमाडौं– प्रहरी महानिरीक्षक दानबहादुर कार्की संगठित अपराधसम्बन्धी क्षेत्रीय शिखर सम्मेलनमा

विश्वकै चर्चित युट्युबर मिस्टर बिस्टले गरे विवाह

काठमाडौं– विश्वकै सर्वाधिक लोकप्रिय युट्युबर जिमी डोनाल्डसन (मिस्टर बिस्ट) अब

‘युवाको आक्रोशको गलत फाइदा नउठाइयोस्’- छात्र आन्दोलनबारे प्रीति जिन्टाको चिन्ता

काठमाडौं– दिल्लीको जन्तर–मन्तरमा जारी छात्र आन्दोलनकाबीच बलिउड अभिनेत्री प्रीति जिन्टाले