मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु « Khabarhub

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु


९ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

भद्रपुर– दमक नगरपालिका–७ लालीगुराँस टोलस्थित भित्री सडकखण्डमा मङ्गलबार राति मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

बागमती प्रदेश ०२–०१७ प ३३४४ नम्बरको मोटरसाइकल हनुमान मन्दिरतर्फबाट रतुवा पुलतर्फ जाँदै गरेको अवस्थामा बाटोको पूर्वपट्टि रहेको पानी जमेको ढलको नालीमा खसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए। 

उनका अनुसार उक्त दुर्घटनामा कमल गाउँपालिका–६ का ३८ वर्षीय  विनोद राईको मृत्यु भएको हो । 
 
घटना लगत्तै इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी नायब उपरीक्षक किशोर लम्सालको नेतृत्वमा गएको टोलीले आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाएको छ । 
 

प्रकाशित मिति : ९ पुस २०८२, बुधबार  १ : १४ बजे

माओको मिममा हाँस्दा एम्बाप्पेलाई महँगो पर्‍यो, चीनसँगको व्यावसायिक सम्बन्ध नै धरापमा !

काठमाडौँ – विश्व फुटबलका चर्चित स्टार किलियन एम्बाप्पे मैदानमा आफ्नो

शरद् ऋतुमा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा नेपालका ४४ हिमाल आरोहण गर्न ७६ देशका

दसैँमै फुल्यो तिहारलाई लगाएको सयपत्री, चिन्तामा किसान (तस्बिरहरू)

तनहुँ– तिहार आउन दुई साता बाँकी छँदै तनहुँका किसानको खेतमा सयपत्री

सशस्त्र प्रहरी बल र भारतीय सशस्त्र सीमा बलबीच बैठक

काठमाडौँ– सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बलबीच

मुलुकलाई जोगाउन आन्दोलनको विकल्प छैन: अध्यक्ष ओली

काठमाडाैँ – नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले