धुर्मुस सुन्तलीले एक वर्ष अघि नै अमेरिकामा खोलेका थिए कम्पनी « Khabarhub

धुर्मुस सुन्तलीले एक वर्ष अघि नै अमेरिकामा खोलेका थिए कम्पनी


९ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– केही समयअघि मात्रै ‘एक्स्ट्रा अर्डिनरी ग्रिन कार्ड’ लिएर अमेरिका लागेका कलाकार सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ले एक वर्ष अघि नै अमेरिकामा कम्पनी खोलेको भेटिएको छ । 

उनीहरूले अमेरिका जानुअघि एक वर्ष अघि नै अमेरिकाको फ्लोरिडा राज्यमा अन्य दुई जना व्यक्तिहरूसँग मिलेर सुभिना एलएलसी नामक कम्पनी खोलेको भेटिएको हो ।

फ्लोरिडा राज्यको कम्पनी हेर्ने सरकारी कार्यालयको वेबसाइटमा सन् २०२४ डिसेम्बर १२ मा केदार आचार्य, कुञ्जना घिमिरे र तेज कार्कीको नाममा सुभिना एलएलसी नामको कम्पनी खोलेको कागजात देखिएको छ । तर, प्राप्त कागजातमा कम्पनी के कस्तो भन्ने विषयमा भने खुलाइएको छैन ।

सुटुक्क अमेरिका लागेका कलाकार धुर्मुस अमेरिका पुगिसकेपछि डिसेम्बर १२ मा एक बकपत्र भन्दै सामाजिक सञ्जालमार्फत आफू अमेरिका आउनुको कारण सार्वजनिक गरेका थिए । सो बकपत्रमा उनले आफूहरू छोरीको उपचारको निम्ति अमेरिकामा आएको उल्लेख गरेका थिए ।

चितवनमा धुर्मुस सुन्तली फाउन्डेसनको नामबाट कलाकार कट्टेलले नेतृत्व गरेर निर्माण गर्न लागेको गौतम बुद्ध क्रिकेट रंगशाला निर्माणकै क्रममा आवश्यक आर्थिक सहयोग नजुटेर स्थगित भएको विषय भने विवादित रहेको छ । कलाकार कट्टेलले सो निर्माणको क्रममा १८ करोड बढी ऋण भुक्तान गर्न बाँकी रहेको र सो कार्यमा भरतपुर महानगर लगायत सरकार पक्षले सहयोग नगरेको आरोप लगाउँदै आएका छन् ।

तर, उनको फाउन्डेसनले गरेको आय व्ययको हिसाब किताबको पारदर्शितामा पनि धेरैले प्रश्न उठाउँदै आएका छन् ।

प्रकाशित मिति : ९ पुस २०८२, बुधबार  १ : ४२ बजे

प्रधानमन्त्रीको काँधले सिंगो देशको भार थामिरहेको छ : रक्षा बम

काठमाडौँ । जेनजी अगुवा रक्षाम बमले देश निर्वाचन होमिएको र

प्रधानसेनापतिले भने : क्षेत्रीय सुरक्षाको अवस्था चुनौतीपूर्ण बन्दै गएको छ

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले वर्तमान अन्तरराष्ट्रिय तथा क्षेत्रीय सुरक्षाको

माघ १० देखि काठमाडौं महानगरले सहिद सप्ताह सुरु गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले यही माघ १० गते शनिबारदेखि सहिद

आचारसंहिता उल्लंघन गरेपछि कोशीका मुख्यमन्त्रीलाई सोधियो तीन दिने स्पष्टीकरण

काठमाडौँ- कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कार्कीलाई स्पष्टीकरण सोधिएको छ

वार्षिक प्रतिवेदन नबुझाएसम्म सहकारी खारेजीका लागि अनुमति नदिने

काठमाडौं – काठमाडौं महानगरपालिकाले आफ्नो कार्यक्षेत्रमा सञ्चालनमा रहेको सहकारीलाई वार्षिक