कांग्रेस कार्यसम्पादन समिति बैठक, महाधिवेशन सर्न सक्ने (तस्बिरहरू) « Khabarhub

कांग्रेस कार्यसम्पादन समिति बैठक, महाधिवेशन सर्न सक्ने (तस्बिरहरू)


९ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक सानेपामा बसिरहेको छ।

बैठक दिउँसो ३ बजेपछि सानेपामा बसिरहेको पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

बैठकमा पदाधिकारी, पूर्वपदाधिकारी र वरिष्ठ केन्द्रीय सदस्यहरू सहभागी छन् । यो बैठकले पुस २६ गतेदेखि हुने भनिएको पन्ध्रौँ महाधिवेशनलाई माघसम्म सार्न सक्ने सम्भावना छ ।

बैठकमा यही पुस २६ देखि २८ गतेसम्म हुने तय गरिएको १५औँ राष्ट्रिय महाधिवेशनको तयारी तथा क्रियाशील सदस्यता वितरणमा अलमल भइरहेको विषयमा छलफल हुँदैछ ।

नयाँ क्रियाशील सदस्यता वितरणमा भएको विलम्वका कारण महाधिवेशनकाे कार्यतालिका हेरफेर हुनसक्ने बुझिएको छ ।

क्रियाशील सदस्यता टुंग्याएर पुस १६ मा वडा अधिवेशन गर्ने कार्यतालिका छ । यस्तै, पुस १७ मा पालिका अधिवेशन, पुस १९ मा प्रदेश सभा क्षेत्रीय अधिवेशन गर्ने तालिका छ ।

यसैगरी, पुस २१ मा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लाको अधिवेशन, पुस २२ मा दुई वा दुईभन्दा बढी निर्वाचन क्षेत्र रहेका जिल्ला अधिवेशन, पुस २३ र २४ मा प्रदेश अधिवेशन र पुस २६ देखि २८ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका छ ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ९ पुस २०८२, बुधबार  ३ : ४७ बजे

एनएमबि बैंकलाई डिजिटल सर्भिसेज् आइसीटी अवार्ड २०२५ प्रदान

काठमाडौं– एनएमबि बैंक लिमिटेडले डिजिटल रूपान्तरणमार्फत सेवा प्रवाह गरेबापत डिजिटल

नेपाल पहिलोपटक अन्तर्राष्ट्रिय आईस स्केटिङ प्रतियोगितामा सहभागी हुँदै

काठमाडौं– नेपालले इतिहासमै पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको आईस स्केटिङ प्रतियोगितामा

रुस-युक्रेन युद्ध अन्त्यका लागि अमेरिका–युक्रेनको २० बुँदे नयाँ योजना सार्वजनिक

एजेन्सी – युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेंस्कीले अमेरिकाको नेतृत्वमा तयार गरिएको

लहान र धनगढीमाईमा बजार अनुगमन

सिरहा– जिल्लामा उपभोक्ता हित संरक्षण गर्ने उद्देश्यले निरन्तर रूपमा बजार

जसपा नेपाल र स्वाधीन मधेश जनअभियानबीच कार्यगत एकता घोषणा

काठमाडौं– जनता समाजवादी पार्टी, नेपाल र स्वाधीन मधेश जनअभियानबीच कार्यगत