कांग्रेस कार्यसम्पादन समिति बैठक, महाधिवेशन सर्न सक्ने (तस्बिरहरू) « Khabarhub

कांग्रेस कार्यसम्पादन समिति बैठक, महाधिवेशन सर्न सक्ने (तस्बिरहरू)


९ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


231
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक सानेपामा बसिरहेको छ।

बैठक दिउँसो ३ बजेपछि सानेपामा बसिरहेको पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

बैठकमा पदाधिकारी, पूर्वपदाधिकारी र वरिष्ठ केन्द्रीय सदस्यहरू सहभागी छन् । यो बैठकले पुस २६ गतेदेखि हुने भनिएको पन्ध्रौँ महाधिवेशनलाई माघसम्म सार्न सक्ने सम्भावना छ ।

बैठकमा यही पुस २६ देखि २८ गतेसम्म हुने तय गरिएको १५औँ राष्ट्रिय महाधिवेशनको तयारी तथा क्रियाशील सदस्यता वितरणमा अलमल भइरहेको विषयमा छलफल हुँदैछ ।

नयाँ क्रियाशील सदस्यता वितरणमा भएको विलम्वका कारण महाधिवेशनकाे कार्यतालिका हेरफेर हुनसक्ने बुझिएको छ ।

क्रियाशील सदस्यता टुंग्याएर पुस १६ मा वडा अधिवेशन गर्ने कार्यतालिका छ । यस्तै, पुस १७ मा पालिका अधिवेशन, पुस १९ मा प्रदेश सभा क्षेत्रीय अधिवेशन गर्ने तालिका छ ।

यसैगरी, पुस २१ मा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लाको अधिवेशन, पुस २२ मा दुई वा दुईभन्दा बढी निर्वाचन क्षेत्र रहेका जिल्ला अधिवेशन, पुस २३ र २४ मा प्रदेश अधिवेशन र पुस २६ देखि २८ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका छ ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ९ पुस २०८२, बुधबार  ३ : ४७ बजे

एन्फाका कोषाध्यक्ष र लेखापाल पक्राउ

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) का कोषाध्यक्ष र

भोटेकोशी बाढीको नामाकरण गर्दैछ सरकार

काठमाडौं । सरकारले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको नामकरण

क्रियाशील सदस्यता विवादपछि कांग्रेस सर्लाहीका दुई नेताले दिए राजीनामा

काठमाडौं – नेपाली कांग्रेस सर्लाहीमा क्रियाशील सदस्यता वितरण तथा नवीकरणको

पार्टीको वडा अधिवेशनमा सहभागी हुन कांग्रेसको आग्रह

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले यही असोज ३

४२ उपसचिव तथा प्रमुख प्रशासकीय अधिकृतको सरुवा (सूचीसहित)

काठमाडौं – सरकारले नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहका ४२