युक्रेनमा विद्युत् संरचना क्षतिग्रस्त, आणविक केन्द्रहरू प्रभावित « Khabarhub

युक्रेनमा विद्युत् संरचना क्षतिग्रस्त, आणविक केन्द्रहरू प्रभावित


९ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– सैन्य गतिविधिका कारण विद्युत् प्रसारण संरचनामा क्षति पुगेपछि युक्रेनका ख्मेल्नित्स्की र रिभ्ने आणविक विद्युत् केन्द्रहरूले विद्युत् उत्पादन घटाएका छन् । 

अन्तर्राष्ट्रिय आणविक ऊर्जा निकायका अनुसार, आणविक सुरक्षा र संरक्षणका लागि अत्यावश्यक विद्युत् उपकेन्द्रहरू प्रभावित भएका छन् ।

निकायका महानिर्देशक राफाएल ग्रोसीले विद्युत् उपकेन्द्रहरूमा क्षति पुगेको पुष्टि गर्दै भने, ‘द्वन्द्वका कारण विद्युत् प्रणाली लगातार कमजोर र अस्थिर बन्दै गएको छ, जसले आणविक विद्युत् केन्द्रहरूको सुरक्षित सञ्चालनमा गम्भीर जोखिम उत्पन्न गरेको छ ।’

विद्युत् उपकेन्द्रहरूले भोल्टेज रूपान्तरण र नियन्त्रणमार्फत भरपर्दो विद्युत् आपूर्ति सुनिश्चित गर्छन्, जुन आणविक केन्द्रका सुरक्षा प्रणाली र रिएक्टर चिस्याउने प्रक्रियाका लागि अनिवार्य हुन्छ। यही कारण, विद्युत् संरचनामा आएको क्षतिले आणविक सुरक्षालाई प्रत्यक्ष असर पार्ने निकायले जनाएको छ।

यस महिनाको सुरुवातमा गरिएको मूल्यांकनमा युक्रेनका १० भन्दा बढी महत्वपूर्ण विद्युत् उपकेन्द्रहरूको अवस्था हालसम्मकै कमजोर रहेको निष्कर्ष निकालिएको थियो । 

सशस्त्र द्वन्द्वका बेला आणविक सुरक्षा सुनिश्चित गर्न निर्धारण गरिएका आधारहरू विद्युत् संरचनाको निरन्तर क्षतिका कारण कमजोर बन्दै गएको अन्तर्राष्ट्रिय आणविक ऊर्जा निकायले जनाएको छ ।

प्रकाशित मिति : ९ पुस २०८२, बुधबार  ३ : ५६ बजे

बसको ठक्करबाट एक जनाको मृत्यु, दुई घाइते

जनकपुरधाम– धनुषाको धनुषाधाम–सबैला भित्री सडकखण्ड अन्तर्गत सबैला नगरपालिका ५ मखनाहामा

सागसब्जी खेतीबाट वार्षिक नौ लाख आम्दानी 

बागलुङ– बागलुङ बजारमा भाडाको जग्गामा सागसब्जी खेतीबाट यहाँका एक दम्पतीले

विधान र कानुनी शासन नै देशको भरपर्दो जग : खिलराज रेग्मी

काठमाडौं – मन्त्रिपरिषद्का पूर्वअध्यक्ष तथा पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मीले संविधान र

बाढीपहिरोबाट जलजलाका तीन सय घरपरिवार प्रभावित

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्बाट म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको

श्रीमुक्तिनाथ रथयात्रा : मेची-महाकाली जोड्ने महाअभियान कात्तिक ८ देखि

काठमाडौँ– वैदिक सनातन धर्मको जगेर्ना, आध्यात्मिक चेतनाको विस्तार र राष्ट्रिय