ठमेलको क्यासिनो भारतीय गिरोहको अपराध अखडा : चुम्बकीय तास र विशेष लेन्सको सहयोगमा गर्थे ठगी « Khabarhub

ठमेलको क्यासिनो भारतीय गिरोहको अपराध अखडा : चुम्बकीय तास र विशेष लेन्सको सहयोगमा गर्थे ठगी


९ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


288
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ठमेलस्थित छाया सेन्टरको वाल्डो डाइनास्टिक इन्टरटेनमेन्ट प्रालिमा सञ्चालित क्यासिनो वाल्डोमा विशेष चुम्बकीय तास (म्याग्नेटिक कार्ड) र आँखामा लगाउने विशेष लेन्स (आई लेन्स) प्रयोग गरेर ठगी गर्ने गरेको खुलासा भएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंले भारतीय गिरोहका मुख्य नाइकेसहित ६ जनालाई उक्त प्रकरणमा पक्राउ गरेको छ। प्रहरीले बुधबार पत्रकार सम्मेलन गरी यो जानकारी सार्वजनिक गरेको हो।

पक्राउ पर्नेमा भारतीय नागरिक सुरेश महाजन (५७ वर्ष), दिनेश वर्मा (३७ वर्ष), विक्रम सिंह (३१ वर्ष), प्रमोद मौर्य र नेपाली नागरिक चिजा खड्का तथा भवानी पाण्डे रहेका छन्।

यो गिरोहले मंसिर २५ देखि २८ सम्म क्यासिनो वाल्डोमा ‘इन्डियन फ्लस’ जुवा खेलाउने नाममा विशेष इभेन्ट आयोजना गरेको थियो।

इभेन्टका लागि ७ देखि १० वटा टेबल बुकिङ गरिएको र होटल अलोफ्टमा ४०, म्यारियटमा ५० तथा र्‍याडिसनमा २० कोठा बुक गरिएको प्रहरी अनुसन्धानबाट खुलेको छ।

गिरोहका मुख्य योजनाकार भारतीय नागरिक सुरेश महाजन हुन्, जसले ‘महाकाया ग्रुप’ सञ्चालन गर्दै आएका छन्।

उनी दिल्लीको रोहिणी क्षेत्रमा घरजग्गा कारोबार गर्छन् र नेपाल, भारत, श्रीलंका, भियतनाम तथा कम्बोडियामा यस्तै इभेन्ट सञ्चालन गर्दै आएका छन्।
महाजनको समूहले ४०–५० जना भारतीय खेलाडी नेपाल ल्याएको थियो। मुख्य खेलाडीहरूमा दिनेश वर्मा, विक्रम सिंह, प्रमोद मौर्यलगायत छन्, जसले दिल्लीबाट चुम्बकीय तास र विशेष लेन्स ल्याएका थिए।

यी लेन्स आँखामा २–३ घण्टासम्म लगाउन मिल्ने र चुम्बकीय ताससँग जोडेर तासको नम्बर तथा प्रकार थाहा पाउने गर्दथे। जितेको रकमको ९० प्रतिशत इभेन्ट सञ्चालकले र १० प्रतिशत खेलाडीले लिने सहमति भएको प्रहरीले जनाएको छ।

नेपालतर्फ मुख्य आयोजकको भूमिका जनार्दन उप्रेती ‘विनोद’ (बीपी ग्रुप) को रहेको छ।

उनले होटल बुकिङ, टिकट, टेबल व्यवस्थापन र बिल भुक्तानी गरेको तथा डमी खेलाडीहरूको व्यवस्थापन गरेको प्रहरी अनुसन्धानबाट पुष्टि भएको छ। उप्रेतीसहित गौरव खत्री, मोनु भन्ने निरज कुमार, हिरा शेखर मल्ली पुरी, कमल खरबन्दा र मुकेश फरार छन्।

प्रहरीले घटनास्थलबाट चुम्बकीय तासका प्याकेटहरू, विशेष लेन्स तथा लिक्विड, विभिन्न एटीएम कार्ड, हवाई टिकट, राहदानीलगायत बरामद गरेको छ। डमी डिलरको रूपमा खटिएका नेपाली महिलाहरू चिजा खड्का, भवानी पाण्डे, प्रतिमा भुजेल र प्रेरणा पनि संलग्न रहेको खुलेको छ।

प्रहरीका अनुसार यो गिरोहले क्यासिनो प्राइडका संचालक विनय साह र दावा शेर्पासँग पनि सम्पर्क राखेर यस्ता गतिविधि गर्दै आएको थियोनेपालमा सञ्चालन गरिएको एक विदेशी जुवा खालको खुलासा भएको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंले बुधबार यसको खुलासा गरेको हो ।

प्रकाशित मिति : ९ पुस २०८२, बुधबार  ४ : ५१ बजे

मुस्ताङबाट गाडी भित्रिँदा भेटिएन समस्या, रसुवातिर भने कैफियत

काठमाडौँ । मुस्ताङबाट भित्रिएका विद्युतीय सवारीसाधन नियमसंगत भएको र रसुवाका

इजरायल र हेज्बुल्लाहबीच युद्धविराम सहमति

काठमाडौँ । इजरायल र लेबनानको हेज्बुल्लाहबिच युद्धविराममा सहमति भएको छ।

रास्वपाको महाधिवेशन तयारी तीव्र

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशनलाई

एरिकाले जितिन् कास्य

काठमाडौँ । एरिका गुरुङले २२औँ सिनियर एसियाली कराते प्रतियोगितामा शुक्रबार

एक हजार ३२९ मोटरसाइकल कारबाहीमा

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले मोडिफाइ गरी ठूलो