समयमै निर्वाचन गर्न देशभित्रैबाट सरकारलाई असहयोग भएको अर्थमन्त्रीको गुनासो « Khabarhub

 समयमै निर्वाचन गर्न देशभित्रैबाट सरकारलाई असहयोग भएको अर्थमन्त्रीको गुनासो


९ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अर्थमन्त्री रामेश्वर खनालले तोकिएको समयमा निर्वाचन गर्न देशभित्रैबाट सरकारलाई असहयोग भइरहेको गुनासो गरेका छन् ।  

बुधबार बिराटनगरमा विराट ट्रेड एक्स्पो उद्घाटन गर्दै मन्त्री खनालले फागुन २१ गते निर्वाचन गराउन वर्तमान सरकार दृढ संकल्पित रहेको र छिमेकीहरुले समेत विश्वास गरिरहेको बेला मुलुक भित्रै भने असफल बनाउने प्रयास भइरहेको बताएका हुन् । 

उनले फागुन २१ गते निर्वाचन नभए अकल्पनीय दुर्घटना हुन सक्ने भएकाले वर्तमान सरकारले जसरी पनि निर्वाचन गराउन प्रतिबद्ध रहेको र विदेशीहरूले समेत निर्वाचन हुने कुरामा विश्वास गरेको जानकारी दिए ।

उनले फागुन २१ गतेको निर्वाचन पछि बन्ने सरकारलाई आधारभूमि तयार गर्ने गरी वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रण र सुशासनका विभिन्न सवालहरूबारे धेरै काम गरिदिएको जानकारी दिए ।

अर्थमन्त्री खनालले आफू अध्यादेशबाट मुलुक चलाउने पक्षमा नरहेकाले वर्तमान सरकारलाई प्राप्त म्यान्डेटका आधारमा विद्यमान कानुन अनुसार नै अर्थतन्त्र सुधारका धेरै निर्णय गरिदिएको बताए । 

उनले जेन्जी आन्दोलन पछि शिथिल बनेको अर्थतन्त्र र मनोबल गिरेको उद्योगी व्यवसायीलाई राहत पुग्ने गरी एकीकृत योजना ल्याएको जानकारी दिए ।

खनालले संघियता कार्यान्वयनका लागि कर्मचारी सरुवा र नियुक्तिको अधिकार सम्बन्धित प्रदेश र पालिकालाई दिनुपर्ने जिकिर गरे । 

शिथिल अर्थतन्त्रलाई चलायमान बनाउन तथा उत्पादित वस्तुको बजार प्रवर्द्धन गर्ने उद्देश्यले मोरङ उद्योग व्यापार संघले विराट ट्रेड एक्स्पो २०२५ आयोजना गरेको हो । 

पुस १९ गतेसम्म चल्ने एक्स्पोमा कृषि, पशुपालन, अटोमोबाइल्स, विज्ञान प्रविधि, औद्योगिक उत्पादन लगायतका २ सय वटा स्टलहरु राखिएको छ । 

प्रकाशित मिति : ९ पुस २०८२, बुधबार  ६ : ५० बजे

यौनजन्य हिंसा र बलात्कारसम्बन्धी कानुन संशोधन गर्ने नवनियुक्त कानुनमन्त्रीको पहिलो निर्णय

काठमाडौं- नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले शुक्रबार

नवनियुक्त प्रधानमन्त्री शाहलाई एनआरएनको बधाई

काठमाडौं– गैरआवासीय नेपाली सङ्घ (एनआरएन)ले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई दिएको

गल्ती गर्ने छुट हामीलाई छैन, रूपान्तरणको अभियानमा साथ दिन्छु : सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौं– नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री डा विक्रम तिमिल्सिनाले मन्त्रालय

भ्रष्टाचारप्रति शून्य सहनशीलताको नीति अपनाउन गृहमन्त्री गुरुङको निर्देशन

काठमाडौं– नवनियुक्त गृहमन्त्री सुधन गुरुङले भ्रष्टाचारप्रति शुन्य सहनशीलताको नीति अपनाउन

मन्त्रिपरिषदमा वादी समुदायको पहिलो प्रतिनिधित्व, बालुवा चालेर हुर्केकी सीता बनिन् मन्त्री

काठमाडौं- वादी समुदायबाट पहिलो पटक सीता वादी मन्त्री बनेकी छिन्