रास्वपाले उम्मेदवार छनोट प्रक्रिया अझ व्यवस्थित बनाउने « Khabarhub

रास्वपाले उम्मेदवार छनोट प्रक्रिया अझ व्यवस्थित बनाउने


९ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठकले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि समानुपातिक उम्मेदवार छनोट प्रक्रिया व्यवस्थित बनाउने निर्णय गरेको छ।

 आज बसेको बैठकले पार्टीतर्फबाट समानुपातिक उम्मेदवार हुन आवेदन दिएका तर पौष ५ गते भएको छलफलमा विशेष कारणवश सहभागी हुन नसकेका आकांक्षीहरूलाई पुनः छलफल प्रक्रियामा सहभागी गराउने निर्णय गरेको हो। 

उनीहरूको प्रारम्भिक निर्वाचन बाहेकका छनोट प्रक्रिया सम्पन्न गर्ने जिम्मेवारी प्रवक्ता मनिष झा र सचिवालय सदस्य दीपक बोहोरालाई तोकिएको छ। सो प्रक्रिया पार्टी उपसभापति डा. स्वर्णीम वाग्ले र महामन्त्री कविन्द्र बुर्लाकोटीले आवश्यकताअनुसार अनुगमन गर्नेछन्।

बैठकले प्रवासमा रहेका उम्मेदवार आकांक्षीहरूको मूल्यांकन भर्चुअल माध्यमबाट गर्ने निर्णय पनि गरेको छ। भर्चुअल प्रक्रियाबाट बन्दसूचीमा पर्ने आवेदकहरूलाई २०८२ पौष १४ गते बिहान ९ः०० बजेभित्र पार्टी केन्द्रीय कार्यालयमा उपस्थित हुने गरी व्यवस्था मिलाइनेछ।

उम्मेदवार छनोट समितिको प्रस्ताव र पार्टी उपसभापति डोलप्रसाद अर्याल तथा वाग्लेसँगको सहमतिमा छनोट प्रक्रियामा सहजिकरणका लागि केन्द्रीय समितिका सदस्यहरूलाई सहभागी गराउने निर्णय पनि गरिएको छ।

त्यसैगरी समानुपातिक उम्मेदवार छनोटका लागि हुने प्रारम्भिक निर्वाचनमा मतदान गर्न पाउने सदस्यहरूको मापदण्ड निर्धारण गर्ने जिम्मेवारी उम्मेदवार छनोट समितिको प्रस्तावमा पार्टीको केन्द्रीय निर्वाचन आयोग र सूचना प्रविधि इकाईका प्रतिनिधि सम्मिलित कार्यदललाई दिइएको छ।

बैठकले पार्टीको केन्द्रीय निर्वाचन आयोगको सदस्यमा गोकुल सापकोटा र केन्द्रीय संगठन विभागको सदस्यमा शिवराज पन्तलाई मनोनयन गर्ने निर्णय समेत गरेको छ।

प्रकाशित मिति : ९ पुस २०८२, बुधबार  ७ : ३४ बजे

धर्म प्रचार गरेको आरोपमा पाँच अमेरिकीसहित १० विदेशी पक्राउ

विराटनगर- मोरङको कानेपोखरी गाउँपालिका–७, बरगाछीमा आवश्यक अनुमति नलिई स्वास्थ्य शिविर

पटक–पटक टुटेको अमेरिकी प्रतिबद्धतालाई माफ गर्न सकिँदैन : इरान

तेहरान– इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले  अमेरिकी राष्ट्रपति डोनाल्ड

अछामको विकास निर्माणलाई गति दिन जोड

अछाम– जिल्लास्थित विभिन्न विकास निर्माण आयोजनाका प्रमुख, प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास

स्वर्णिमको भारत भ्रमणको अभिव्यक्तिलाई एमाले नेताले भने : आत्मसमर्पणवादी

काठमाडौं– नेकपा एमालेका नेता आनन्दप्रसाद पोखरेलले अर्थमन्त्री स्वर्णिम वाग्लेले भारत

प्रेमको प्रतीक ‘रानीमहल’ बगरमा परिणत

पाल्पा– पाल्पाको ऐतिहासिक रानीमहल कुनै समय प्रेमको प्रतीक बनेर पर्यटकलाई