कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित « Khabarhub

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित


९ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु र शीतलहरका कारण जनजीवन अत्यन्तै कष्टकर बनेको छ । अत्यधिक चिसो बढेपछि जिल्लाका स्थानीय तहहरूले विद्यालय बन्द गर्नुका साथै नागरिकलाई सुरक्षित रहन आग्रह गरेका छन् ।

अत्यधिक चिसोका कारण बालबालिकाको स्वास्थ्यमा पर्नसक्ने जोखिमलाई मध्यनजर गर्दै यहाँका स्थानीय तहहरूले सामुदायिक र संस्थागत विद्यालयमा बिदा दिन थालेका छन् । हालसम्म कृष्णपुर र शुक्लाफाँटा नगरपालिकाले बालबालिकालाई पठनपाठनमा कठिनाइ भएपछि विद्यालयमा बिदा दिएका छन् ।

श्रीकृष्ण माध्यमिक विद्यालय झलारीका शिक्षक ईश्वरी भट्टले भने, “अत्यधिक चिसोका कारण विद्यालयमा आगो बालेर पठनपाठन गराउनुपर्ने बाध्यता रहेको छ, चिसोले गर्दा ससाना बालबालिकामा रुघाखोकी र कठ्याङ्ग्रिने समस्या बढी देखिएको छ, चिसो बढेपछि नगरपालिकाले तीन दिन बिदा दिएपछि केही राहत हुने भएको छ ।”

हुस्सु र शीतलहरका कारण जनजीवन प्रभावित भएपछि जनप्रतिनिधिले पनि सुरक्षा सतर्कताका लागि सक्रियता देखाएका छन् । कृष्णपुर नगरपालिका–६ का वडाध्यक्ष बाबुराम चौधरीले बिहान र साँझको समयमा चिसो अत्यधिक हुने भएकाले विशेष सावधानी अपनाउन नगरवासीलाई अनुरोध गरेका छन् ।

यसैगरी, लालझाडी गाउँपालिकाका अध्यक्ष निर्मल रानाले चिसोबाट बालबालिका, सुत्केरी, दीर्घरोगी र ज्येष्ठ नागरिक बढी प्रभावित हुने भएकाले स्वास्थ्यको विशेष ख्याल राख्न आह्वान गर्नुभएको छ । अध्यक्ष रानाले गाउँपालिकाभित्रका सामुदायिक वनहरूलाई सार्वजनिक चोक तथा बस्तीमा दाउरा उपलब्ध गराइदिन आग्रहसमेत गरेका छन् ।

“चिसो र शीतलहरले दैनिक कार्यमा कठिनाइ हुनुका साथै स्वास्थ्य जोखिम बढाएको छ”, अध्यक्ष रानाले भने, “यस्तो कठिन अवस्थामा आफू पनि सुरक्षित रहौँ र अरूलाई पनि सुरक्षित पारौँ ।”

शीतलहरका कारण कञ्चनपुरको जनजीवन ठप्पजस्तै बनेको छ । बजारमा चहलपहल घटेको छ भने सडकमा गुड्ने सवारीसाधन बाक्लो हुस्सुका कारण दिउँसै हेडलाइट बालेर हिँड्न बाध्य छन् । चिकित्सकहरूले चिसोबाट बच्न मनतातो पानी पिउन, न्यानो लुगा लगाउन र सम्भव भएसम्म घरभित्रै बस्न सुझाव दिएका छन् । स्थानीय तहहरूले चिसोबाट हुनसक्ने मानवीय क्षति कम गर्न आआफ्नोतर्फबाट सचेतनाका कार्य अगाडि बढाइरहेका छन् ।

प्रकाशित मिति : ९ पुस २०८२, बुधबार  १० : ०८ बजे

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

काठमाडौँ– कलाकार सागर लम्साल (बले) पक्राउ परेका छन् । जिल्ला

विद्यार्थीलाई पढाइसँगै सीपमूलक तालिम

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–४ सिङ्गास्थित धौलागिरि माध्यमिक विद्यालयका विद्यार्थीलाई हातेट्याक्टर

काठमाडौँका विभिन्न ठाउँबाट गुण्डगर्दीमा संलग्न १७ जना पक्राउ

काठमाडौँ– जिल्ला प्रहरी परिसर काठमाडौँ र काठमाडौँ उपत्यका अपराध अनुसन्धान

आईपीएल क्रिकेट : पञ्जावको लगातार दोस्रो जित, चेन्नइ पराजित

काठमाडौँ– इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पञ्जाब किंग्सले लगातार दोस्रो

उपसभामुख पदमा श्रम संस्कृति पार्टीको दाबी

काठमाडौँ– श्रम संस्कृति पार्टीले संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको उपसभामुखमा दाबी