साताका संगीत : ट्रेन्डिङमा प्रकाश र दुर्गेश (भिडियो) « Khabarhub

साताका संगीत : ट्रेन्डिङमा प्रकाश र दुर्गेश (भिडियो)


१२ माघ २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अहिले संगीततर्फ युट्युब ट्रेन्डिङको शीर्ष दुई स्थानमा गायक एवम् नायक प्रकाश सपुत र मोडल एवम् गायक दुर्गेश थापा छन् ।

प्रकाशको अभिनय र निर्देशन रहको फिल्म ‘वसन्त’को गीत ‘साँझ पर्‍यो झमक्कै’ले युट्युब ट्रेन्डिङको पहिलो स्थान कब्जा गरेको छ । यस गीतले सार्वजनिक भएको १३ दिनमा ३६ लाखभन्दा बढी भ्युज पाएको हो ।

प्रकाश सपुत र शान्तिश्री परियारको स्वर रहेको ‘साँझ पर्‍यो झमक्कै’लाई दर्शकले राम्रो साथ दिएका छन्। यद्यपि यो गीत सार्वजनिक भएसँगै यसका सर्जक विवादमा परेका छन् । कारण– गीतको सुरुमै रहेको नायिका स्वस्तिमा खड्का र प्रकाश सपुतबीचको संवाद !

यस गीतको भिडियोमा ब्राह्मण युवती शान्तिको भूमिकामा स्वस्तिमाले दलित युवाको वसन्तको भूमिका निभाएका प्रकाशलाई भन्छिन्, ‘डरछेरुवा कामी !’

‘कामी’ शब्दलाई लिएर यो गीतले आलोचना खेप्नुपरेको छ । ‘कामी’ शब्द दलितलाई होच्याउन प्रयोग हुने भएकाले यस्तो संवाद भिडियोमा प्रयोग हुनु उचित नहुने केहीको तर्क छ ।

यसबारे प्रकाश र स्वस्तिमा दुवै अहिले मौन छन् । प्रकाशले गीत सार्वजनिक हुँदै भनेका थिए, ‘कामी शब्द प्रयोग गर्नु नहुने नै होइन । कुन नियतमा प्रयोग भयो, त्यो प्रमुख कुरा हो । यो गीतमा होच्याउने नियतले भनेको होइन ।’

सायद, प्रकाशलाई यही स्पष्टीकरण पर्याप्त लाग्यो । यसबारे उनले थप चर्चा गर्न चाहेका छैनन् ।

त्यस्तै, ट्रेन्डिङको दोस्रो स्थानमा दुर्गेशको शब्द रचना र संगीत रहेको गीत ‘दुस्मन हेरेको हेर्‍यै’ छ ।

यसमा आनन्द कार्की, दुर्गेश थापा, समीक्षा अधिकारी र एलिना चौहानको स्वर छ । भिडियोमा प्रियंका कार्की, दुर्गेश र कविता नेपालीको अभिनय र नृत्य छ ।

यस गीतमा प्रयोग भएका रमाइला संवादहरूले दर्शकको मन जितेको छ । त्यही कारण सार्वजनिक भएको तीन सातामा पनि ट्रेन्डिङको दोस्रो स्थानमा छ । युट्युबमा यो गीत ८५ लाख पटकभन्दा बढी हेरिएको छ ।

यी दुईसहित फिल्म ‘ऊनको स्वीटर’को गीत ‘मखमली’, मेलिना मैनालीको स्वर रहेको गीत ‘केही त बोल ए कान्छा’, फिल्म होस्टेल ३ को गीत ‘टिक टिक टिक’ र गायिका प्रीति आलेको ‘थारु ब्याटल’ ट्रेन्डिङमा छन्

यी सबै गीत साताअघि नै सार्वजनिक भएका हुन् ।

साताका फिल्मी गीत

यो साता प्रदर्शनमा आइसकेका र प्रदर्शनमा आउन बाँकी फिल्मका गीत पनि सार्वजनिक भएका छन् ।

शुक्रबार मात्रै पुस २६ बाट प्रदर्शनमा आएको फिल्म ‘कार्साङ’को गीत ‘घर’ सार्वजनिक भएको छ । गीतको भिडियोमा फिल्मका केन्द्रीय कलाकार दयाहाङ राई र सिर्जना निङ्लेखुको अभिनय देख्न सकिन्छ ।

त्यस्तै, माघ २६ गते प्रदर्शन मिति तोकिएको फिल्म ‘जुना’को गीत ‘आमाको मुहार’ बिहीबार सार्वजनिक भएको छ ।

यस गीतका गायक यदुराज लकान्द्रीको स्वर छ । गीतमा अस्मिता ढकाल, देशभक्त खनाल र रश्मि भट्टको अभिनय छ ।
यो गीतले ग्रामिण परिवारको पारिवार झमेलालाई प्रस्तुत गर्छ ।

त्यस्तै सलोन बस्नेतको फिल्म रङ्गीको गीत ‘तिम्रै संसारमा’ र पल शाह केन्द्रीय भूमिकामा रहेको फिल्म ‘मायावी’को गीत ‘सितारा जडेको’ पनि यसै साता सार्वजनिक भए ।

युट्युबमा यी गीतहरूको भ्युज नगन्य छ । अर्थात्, धेरै दर्शकले यी गीतका भिडियो हेरेको पाइँदैन ।

यी कलाकारका नयाँ गीत

यस साता गायक राजेशपायल राईको स्वर रहेको गीत ‘कलेज कि सुन्दरी’ सार्वजनिक भएको छ ।

उनलाई गायिका शलोनी राईले साथ दिएकी छन् । भिडियोमा एलिश राई, उमेश राई, उषा उप्रेती र गीता ढुङ्गानाको अभिनय तथा नृत्य छ ।

त्यस्तै लोकगायक राजु परियारको स्वर रहेको गीत ‘कुटु कुटु कटु’ पनि सार्वजनिक भएको छ । यस गीतमा राजु र उषा गजुरेलको स्वर रहेको छ । भिडियोमा सुनील क्षेत्री र एलिना रायमाझीको नृत्य छ ।

पछिल्लो समय व्यस्त मोडल सागर लम्साल फिचर्ड एक म्युजिक भिडियो पनि यो साता सार्वजनिक भएको छ ।

‘नाचन च्याङ्बा’ बोलको यस गीत गायिका रेखा पौडेललको एकल स्वर रहेको छ । भिडियोमा सागर र सुस्मिता कुँवरको अभिनय छ ।

प्रकाशित मिति : १२ माघ २०८१, शनिबार  १ : ३४ बजे

देउवाको निर्णय गगनले कार्यान्वयन गर्दा राष्ट्रिय सभामा पहिलो दल बन्यो कांग्रेस

काठमाडौं– राष्ट्रियसभाको रिक्त १९ मध्ये १८ सिटका लागि आइतबार आएको

उपचारका क्रममा किशोरीको मृत्यु भएपछि अवस्था तनावग्रस्त

बरहथवा– सर्लाहीको लालबन्दी नगरपालिकास्थित नवलपुरमा एक किशोरीको उपचारका क्रममा मृत्यु भएपछि

घरदैलोमा पुगिसके उम्मेदावर, अझै तयार भएनन् दलका घोषणापत्र

काठमाडौं- आगामी फागुन २१ का लागि तोकिएको निर्वाचन आउन अब

मधेस प्रदेशबाट राष्ट्रियसभा सदस्य निर्वाचनमको अन्तिम नतिजा सार्वजनिक

महेन्द्रनगर– मधेस प्रदेशमा सम्पन्न राष्ट्रियसभा सदस्य निर्वाचन २०८२ को अन्तिम