हमासले शनिबार रिहा गर्ने चार जनाको नाम सार्वजनिक « Khabarhub

हमासले शनिबार रिहा गर्ने चार जनाको नाम सार्वजनिक


१२ माघ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


411
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – हमासले शनिबार रिहा गर्ने चार बन्दीको नाम सार्वजनिक गरेको छ। हमासका अनुसार सेनाहरू करिना, अरिभ, डानियला गिल्बोआ, नामा लेभी र लिरी अल्बाड रिहा हुने भएका छन्।

इजरायलले पनि यसको बदलामा प्यालेस्टाइनी जेलमा रहेका १८० जनालाई छाड्ने छ। आइतबार इजरायलमा युद्ध विराम लागु भए यता यो दोस्रो पटक बन्दी रिहा हुन लागेका हुन्। पहिला तीन बन्दी र इजरायली जेलबाट ९० जना छाडिने छन्।

७ अक्टोबर २०२३ का दिन हमासले इजरायलमा हमला परेर २५१ जनालाई बन्दी बनाउनुका साथै १२ सय जना भन्दा बढीको ज्यान लिएपछि सुरु भएको लडाइँ गत आइतबारको युद्ध विरामसँगै रोकिएको हो।

युद्धमा इजरायलले गरेको आक्रमणका कारण करिब ४७ हजारको ज्यान गएको थियो।

सर्वसाधारण महिला यर्बेद यहुद पनि शनिबार रिहा हुने सूचीमा हुने अनुमान गरिएको थियो। उनलाई अर्कै सशस्त्र समूह प्यालेस्टाइनी इस्लामिक जिहादले नियन्त्रणमा लिएको पनि इजरायली सञ्चार माध्यमले जनाएका छन्। यो पाँच साताको बिचमा अन्य २६ बन्दीको बारे पनि हमासले जानकारी गराउने अपेक्षा गरिएको छ।

शनिबार रिहा हुन लागेका तीन इजरायली गाजा सीमामा रहेको र उनीहरूलाई हमासका बन्दुकधारीले नियन्त्रणमा लिएर हात पछाडि बाँधेर लिएर गएको फुटेज सार्वजनिक गरेको थियो।

प्रकाशित मिति : १२ माघ २०८१, शनिबार  ६ : ३६ बजे

रौतहटको ज्योति डिस्टिलरीमा विस्फोट हुँदा एक जनाको मृत्यु, ६ कामदार घाइते

काठमाडौं – रौतहटमा विष्फोट हुँदा एक जनाको मृत्यु भएको छ

सिराहा र धनुषा जोड्ने कमला पुल चैतभित्र सञ्चालनमा ल्याउने लक्ष्य

काठमाडौं – ठेक्का सम्झौता भएको १४ वर्ष बित्दासमेत निर्माण हुन

खोलियो २५ वर्षदेखि थुनिएको सुन्धाराको निकास

काठमाडौं – प्राचीनस्वरूपमा पुनःरुत्थान गर्ने योजनाअनुरूप काठमाडौं महानगरपालिकाले २५ वर्षदेखि

रवि-बालेन मिल्न लाग्दा प्रदीप ज्ञवालीको टिप्पणीः विचार मिलेको कि स्वार्थ ?

काठमाडौं – नेकपा (एमाले)का निर्वतमान उपमहासचिव प्रदीप ज्ञवालीले रवि लामिछाने

प्याङ्क्रियाजको सास्ती : न उठी सुख, न बसी सुख

गत मंसिरमा विवाह गरेर घरमा भित्र्याउन नपाउँदै एउटी युवतीको मृत्यु