जय नेपाल कप क्रिकेटमा लखनउ र ढाकाको जित « Khabarhub

जय नेपाल कप क्रिकेटमा लखनउ र ढाकाको जित


१२ माघ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जय नेपाल कप २०२६ क्रिकेट प्रतियोगिताको शुक्रवार भएको खेलमा लखनउ विश्वविद्यालय र ढाका विश्व विद्यालय विजयी भएका छन् ।

लखनउले काठमाडौं विश्व विद्यालयलाई ७३ रनले हरायो । लखनउले दिएको १६१ रनको लक्ष्य पछ्याएको काठमाडौँ निर्धारित २० ओभरको खेलमा ८ विकेटको क्षतिमा ८७ रनमा सीमित भएको हो ।

काठमाडौंका सागर केसीले सर्वाधिक २० तथा प्रदीपकुमार यादवले १७ रन जोडे । लखनउले ३ विकेटको क्षतिमा १६० रन जोडेको थियो । लखनउका मनन कन्डपालले सर्वाधिक ७५ रनको योगदान गरेका थिए । ४९ बलको सामना गरेका उनले ५ चौका र ४ छक्का प्रहार गरेका थिए । हर्ष बर्धन सिंहले २८ रन जोडे ।

अर्को खेलमा ढाकाले पूर्वाञ्चललाई १५२ रनले हराएको हो । ढाकाले दिएको २३६ रनको लक्ष्य पछ्याएको पूर्वाञ्चल ३ बल बाँकी रहँदा ८३ रनमा सीमित भएको हो । पूर्वाञ्चलका ओम चौधरीले सर्वाधिक १५ रन जोडे ।

यसअघि पहिले ब्याटिङ गरेको ढाकाले ४ विकेटको क्षतिमा २३५ रन जोडेको हो । ढाकाका मोहम्मद आसिकुर रहमानले सर्वाधिक ९६ रन जोडे यसैगरी सिफद सादिक खानले ५० रनको पारी खेले ।

प्रकाशित मिति : १२ माघ २०८१, शनिबार  ९ : ४६ बजे

उता खरिपाटीमा सुकुम्वासी फकाउन आधा दर्जन मन्त्री, यता बूढानीलकण्ठको दैलोमा बालेन

काठमाडौं- सुकुम्वासी र निम्न वर्गका जनतामाथि राज्यबाटै थिचिमिचो गरेर विचल्ली

पर्वतको मोदीखोलामा बाढी, सतर्कता अपनाउन आग्रह

पर्वत– कास्की र पर्वत हुँदै बग्ने मोदीखोलामा भारी वर्षाका कारण

सुकुम्वासी बालबालिकाको वर्तमान र भविष्य दुवै बर्बादीतिर

काठमाडौं- कीर्तिपुरस्थित राधास्वामी सत्सङ्ग आश्रमको होल्डिङ सेन्टरको गेटमा हिलाम्मे कपडामा

सुकुम्वासी समस्याको दीर्घकालीन समाधानका लागि सरकार गम्भीर छ: गृहमन्त्री

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले सुकुम्वासी समस्याको दीर्घकालीन समाधानका लागि सरकार

तीन विद्यालयलाई शैक्षिक सहयोग

काठमाडौं– स्वस्तिश्री गुरुकुल आइबी कन्टिन्युम स्कुल र प्राइम कमर्सियल बैंक लिमिटेडको