उत्पादन र जीवनसँग जोडिने शिक्षा आवश्यक : प्रचण्ड  « Khabarhub

उत्पादन र जीवनसँग जोडिने शिक्षा आवश्यक : प्रचण्ड 


१२ माघ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

घोराही– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शिक्षालाई उत्पादनसँग जोड्न प्राविधिक पठनपाठनलाई प्रभावकारी बनाउनुपर्ने बताएका छन् ।

दाङको घोराहीस्थित शहीद कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालयमा आयोजित भेटघाट कार्यक्रममा उनले शिक्षालाई उत्पादनसँग जोडेर मात्रै आर्थिक समृद्धि गर्न सकिने उल्लेख गरे ।

उनले शिक्षालाई सीप र सीपलाई जीवनसँग जोड्नुपर्ने बताए । त्यसका लागि स्थानीय जनतासँग सहकार्य गर्दै पठनपाठन प्रभावकारी बनाउन शिक्षालय परिवारलाई आग्रह गरे ।

शहीद कृष्णसेनको नाममा स्थापित शिक्षालय देशकै धरोहर भएको उल्लेख गर्दै प्रचण्डले सेन कवि र पत्रकार मात्र नभई देशकै आदर्श र प्रतीक भएको नेपाली समाजमा स्थापित भइसकेको बताए ।

सो क्रममा अध्यक्ष प्रचण्डले शिक्षालयको परिसरमा स्थापित शहीद इच्छुकको प्रतिमामा माल्यार्पण गरेका थिए ।

प्रकाशित मिति : १२ माघ २०८१, शनिबार  १० : ०८ बजे

कांग्रेस सभापति थापा सर्लाही–४ बाट उम्मेदवार

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापा आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा

उम्मेदवारी दर्ताका लागि झापा–५ पुगे बालेन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह

शिक्षामन्त्री पुनले दिए राजीनामा

काठमाडौं– शिक्षा तथा विज्ञान प्रविधिमन्त्री मन्त्री महावीर पुनले पनि राजीनामा

कांग्रेसबाट एमालेमा गएका अबुलको टिकट खोसियो, सुनसरी–४ मा जगदीश कुशियत

काठमाडौं– नेकपा एमालेले नेपाली कांग्रेसबाट एमालेमा प्रवेश गरेका डा. अबुल

एमालेले अन्ततः पाल्पा–२ मा ठाकुर गैरेलाई दियो टिकट

काठमाडौं– नेकपा एमालेले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य