अष्ट्रेलियामा २४ सय नेपालीले लिए मोबाइल पासपोर्ट सेवाबाट लाभ « Khabarhub

अष्ट्रेलियामा २४ सय नेपालीले लिए मोबाइल पासपोर्ट सेवाबाट लाभ


१२ माघ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

अष्ट्रेलिया– गैरआवासीय नेपाली संघ (एनआरएनए)को अग्रसरता र अष्ट्रेलियास्थित नेपाली दूतावाससँगको सहकार्यमा पछिल्लो एक वर्षमा दुई हजार चार सय नेपालीले मोबाइल पासपोर्ट सेवा लिएका छन् ।

अष्ट्रेलियाका पाँचवटा प्रमुख सहरमा सञ्चालन भएको मोबाइल पासपोर्ट सेवाबाट त्यहाँ रहेका नेपालीहरू लाभान्वित भएको जनाइएको छ ।

राजधानी क्यानबेरास्थित नेपाली दूतावासबाट टाढा रहेका स्थानहरूमा पासपोर्ट नवीकरणको समस्या समाधान गर्न एनआरएनए अष्ट्रेलियाले अग्रसरता लिएको थियो । यो सेवाले समुदायलाई समय र श्रम बचत मात्र नगरी लाखौँको खर्च जोगाउन समेत मद्दत गरेको पुगेको एनआरएनए अष्ट्रेलियाले जनाएको छ ।

एनआरएनएका स्वयंसेवकहरूले आवेदन संकलनदेखि प्राविधिक व्यवस्थापन तथा दूतावाससँग समन्वय गरी सेवालाई सफल बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए । यो सेवाको व्यवस्थापनका लागि २५ अष्ट्रेलिया डलरदेखि ७० डलरसम्म प्रशासनिक शुल्क लाग्ने व्यवस्था गरिएको छ ।

नेपालीहरूलाई सहज रुपमा सेवा प्रदान गर्न सुरु गरिएको उक्त सेवाबाट समयमै पासपोर्ट नवीकरण गर्न नसकेका नेपालीहरूले ठूलो राहत पाएको एनआरएनए अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेलले बताए ।

‘यो सेवा यहाँ रहेका नेपाली समुदायको माग र आवश्यकताअनुसार आयोजना गरिएको हो, जसले सेवा लिन असमर्थ रहेका धेरै नेपालीलाई प्रत्यक्ष लाभ  पुर्‍याएकाे छ’, उनले भने । आगामी दिनमा यस्ता सेवाहरूलाई अझ प्रभावकारी बनाउँदै लैजानेमा समेत उनले प्रतिबद्धता व्यक्त गरे ।

प्रकाशित मिति : १२ माघ २०८१, शनिबार  १० : ४२ बजे

इङ्ग्ल्यान्डलाई हराएपछि मेसीले भने : अर्को उत्कृष्ट खेल खेल्यौं

काठमाडौं – अर्जेन्टिनाका कप्तान लियोनेल मेसीले टोलीलाई लगातार दोस्रो पटक

फिफालाई अर्जेन्टिनाविरुद्ध छानबिन गर्न बेलायतको आग्रह

लन्डन – अर्जेन्टिनाका खेलाडीहरूले इङ्ल्यान्डलाई २–१ ले हराएपछि ‘लास माल्भिनास

आजदेखि बृहस्पति अस्त, शास्त्रीय आधारमा काम्य कर्म गर्न निषेध

काठमाडौं – बृहस्पति (गुरु) आजदेखि अस्त भएकाले नित्य र नैमित्तिकबाहेकका

उच्च अदालतका ५० र जिल्लाका १५७ न्यायाधीश सरूवा

काठमाडौं – न्यायपरिषद्को आज बसेको बैठकले उच्च अदालतका ५० र

विष्णु पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा, २० करोड ९० लाख बिगो दाबी

काठमाडौं – पूर्वअर्थमन्त्री तथा नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलविरुद्ध विशेष