अमेरिकाको मिसिगनले चिनियाँ विश्वविद्यालयसँगको प्राज्ञिक साझेदारी तोड्ने « Khabarhub

अमेरिकाको मिसिगनले चिनियाँ विश्वविद्यालयसँगको प्राज्ञिक साझेदारी तोड्ने


१२ माघ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकाको मिसिगन विश्वविद्यालयले चीनको एउटा विश्वविद्यालयसँग प्राज्ञिक साझेदारी रद्द गरेको छ ।

राष्ट्रिय सुरक्षाको कारण देखाउँदै मिसिगन विश्वविद्यालयले चीनको सांघाइमा रहेको सांघाइ जियाओ टोङ विश्वविद्यालयसँग प्राज्ञिक साझेदारी रद्द गरेको हो ।

केही महिनाअघि चिनियाँ विश्वविद्यालयबाट आएका ५ जना विद्यार्थी अमेरिकी सैन्य आधार क्षेत्र नजिकै शङ्कास्पद अवस्थामा फेला परेका थिए । उनीहरु अमेरिकी सेनाकोक्याम्प ग्रेलिङमा सैन्य प्रशिक्षण भइरहेका बेला शङ्कास्पद अवस्थामा फेला परेका थिए ।

मिसिगन विश्वविद्यालयका अध्यक्ष सान्टा ओनोले पत्र लेख्दै निकै लामो समयको सूक्ष्म अध्ययनपछि चिनियाँ विश्वविद्यालयसँग सहकार्य तोडिएको जनाएका छन् ।

पत्रमा आफ्नो विश्वविद्यालयले अन्तर्राष्ट्रिय प्राज्ञिक साझेदारलाई महत्व दिएको भए पनि राष्ट्रिय सुरक्षाको विषय निकै गम्भीर भएको ओनोले जनाएका छन् ।

पछिल्लो समय अमेरिकाका कतिपय विश्वविद्यालयले चिनियाँ विश्वविद्यालयसँगको प्राज्ञिक सम्बन्ध तोड्न थालेका छन् । केही समयअघि जर्जिया टेक र युनिभर्सिटी अफ क्यालिफोर्निया बेर्केलीले यस्तै सहकार्य तोडेका थिए ।

प्रकाशित मिति : १२ माघ २०८१, शनिबार  ११ : ०५ बजे

उत्तरपश्चिम पाकिस्तानमा प्रहरीको कारबाहीमा तीन आतंककारी मारिए

एजेन्सी– पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा काउन्टर टेररिज्म डिपार्टमेन्ट (सीटीडी)ले

यार्सागुम्बा र हिमाली जडीबुटी प्रवर्द्धनमा सरकारको पहल

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले यार्सागुम्बासहित हिमाली जडीबुटीको

इरानले फेरि स्ट्रेट अफ होर्मुज बन्द गर्न सक्ने आशंका

एजेन्सी– अमेरिकी गुप्तचर एजेन्सीहरूको मूल्यांकन  प्रतिवेदन अनुसार इरानले युद्ध पछि

अवैध लागूऔषध खैरो हेरोइनसहित एकजना पक्राउ

झापा– मेचीनगर नगरपालिका-६ काँकरभिट्टा बजारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ

सामाजिक सञ्जालको दुरूपयोग गरी ठगी गरेको अभियोगमा दुईजना पक्राउ

झापा– सामाजिक सञ्जालको दुरूपयोग गरी ठगी गरेको अभियोगमा दुईजनालाई मंगलबार प्रहरीले पक्राउ