‘सडकमा माग र खोजी भइरहेको बेला निर्णायक नबने राप्रपालाई इतिहासले धिक्कार्ने छ’  « Khabarhub

‘सडकमा माग र खोजी भइरहेको बेला निर्णायक नबने राप्रपालाई इतिहासले धिक्कार्ने छ’ 


१२ माघ २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री धवल शमशेर राणाले सडकमा पार्टीको माग र खोजी भइरहेको बेला निर्णायक नबने इतिहासले धिक्कार्ने बताएका छन् । 

राप्रपाको शुक्रबारबाट काठमाडौंमा सुरु भएको केन्द्रीय कार्यसमिति बैठकमा राजनीतिक प्रतिवेदन पेस गर्दै उनले फलाम तात्तिएको बेला दत्तचित्त भएर सडककेन्द्रीत आन्दोलनमा होमिनुको विकल्प नभएको जिकिर गरेका छन् । 

‘चिचीको पनि लोभ र पापाको पनि लोभ गर्ने बेला छैन, फलाम तात्तिएको बेला दत्तचित्त भएर सडककेन्द्रीत आन्दोलनमा होमिनुको विकल्प छैन,’ महामन्त्री राणाले भनेका छन् ।  

उनले पार्टी सत्ताको फोहरी खेलमा लाग्दैन भन्ने आदर्श छाँटे पनि दोहोरो मापदण्ड, अन्तरविरोध, सत्य र इमानदारीको अभावमा जनताको मनमा राप्रपा स्थापित हुन नसकेको समेत उल्लेख गरेका छन् ।

‘मुद्दाको लोकप्रियता भोटमा परिणत गर्न सकेका छैनौँ । त्यस मानेमा संघ, प्रदेश र स्थानीय तहका उपनिर्वाचनका असफलताहरु गम्भीर सूचक हो । जनताको मनमा बस्ने कि रु संग्रहालयको सजावट बन्ने भन्ने जनताको जनाउ हो,’ राणाको भनाइ छ ।  

जनता बद्लिएनन् भन्दै जिम्मेवारीबाट भाग्ने र जनतामाथि दोष थोपरेर गल्तीमाथि गल्ती गर्ने समय र सुविधा राप्रपासँग नभएको जिकिर गर्दै राणले भनाइ र गराइ बीचको अन्तर मेटेर आफैं सच्चिनुको विकल्प नभएको प्रतिवेदनमा लेखेका छन् । 

‘समयको सन्देश आत्मसात गर्नु नै बुद्धिमानी हुनेछ । नीति, सिद्धान्त र लक्ष्यप्रति कटिवद्ध कार्यकर्तालाई पार्टीको गहना मानेर सिर्जनात्मक सुझाव र आलोचनाको सम्मान गर्नु जरुरी भएको छ,’ प्रतिवेदनमा भनिएको छ, ‘खुला बहस, फरक मत, असहमति बीचको सहमति प्रजातान्त्रिक अभ्यासका सार्थक आधार व्यवहारमा रूपान्तरण गर्नु आवश्यक भएको छ ।’

केन्द्रीय कार्यसमिति, कार्यसम्पादन समितिको निर्णयअनुसार योजनाबद्ध रूपमा राप्रपाले सडकको लक्ष्य तय गर्न ढिला गर्न नहुनेमा महामन्त्री राणाले जोड दिएका छन् । 

‘राजा र धर्मको माहोल बनेको बेला, सडकमा राप्रपाको नेतृत्वदायी भूमिका माग भएको बेला, अवसर र जिम्मेदारीबाट चुक्ने सुविधा राप्रपासँग छैन,’ उनले भनेका छन्, ‘त्यसैले केन्द्रीय कार्यसमिति, कार्यसम्पादन समितिको निर्णयबमोजिम योजनाबद्ध तवरले सडकको लक्ष्य तय गर्न ढिला गर्न हुन्न । आन्दोलनको बलमा संगठन, आन्दोलनको बलमा परिवर्तन, यही नै समयानुकूल रणनीतिक मार्गचित्र हो ।’ 

महामन्त्री राणाले केन्द्रीय कार्यसमितिसँग बाँकी रहेको १० महिने कार्यकालमा विधान र महाधिवेशनको कार्यादेश पूर्ण पालना गर्दै आन्दोलनमा अर्जुनदृष्टि राखेर पार्टी संरचनाको सशक्त परिचालन गर्नु उपयुक्त हुने बताएका छन् ।

प्रकाशित मिति : १२ माघ २०८१, शनिबार  १२ : २८ बजे

प्रतिनिधिसभा बैठक : कसले के-के भने ?

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसदहरूले ऊर्जा विकासदेखि महिला उत्थान,

‘म एक्लो छैन यार!’- भाइरल पोस्टपछि सलमान खानको स्पष्टिकरण

काठमाडौं– बलिउड अभिनेता सलमान खान फेरि एक पटक सामाजिक सञ्जालमा

पछिल्लो २४ घण्टामा १८ विपद्का घटना : ३ जनाको मृत्यु, ५ घाइते

काठमाडौं– देशभर पछिल्लो २४ घण्टामा १८ वटा विपद्का घटना दर्ता

 एनएमबि बैंकका ग्राहकलाई मेदांता अस्पतालमा छुट

काठमाडौं – एनएमबि बैंकले आफ्ना भिसा डेबिट तथा क्रेडिट कार्डवाहक

भैँसीपालनमा रमाउँदै अर्जुन, ११ वर्ष कतारमा बगाएका थिए पसिना

झापा– भद्रपुर नगरपालिका–१ का ३९ वर्षीय अर्जुन सुवेदीको गोठमा भैँसीका