भोजपुरमा भूमि आयोगद्वारा काम सुरु | Khabarhub Khabarhub

भोजपुरमा भूमि आयोगद्वारा काम सुरु


१२ माघ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

भोजपुर– जिल्लामा सरकारले गठन गरेको भूमिसम्बन्धी समस्या समाधान आयोगको कार्यालय सञ्चालनमा आएको छ ।

भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि सरकारले गठन गरेको आयोगका जिल्ला समिति अध्यक्ष देवीराम चौलागाईंले पदभार ग्रहण गरेसँगै कार्यालय सञ्चालनमा आएको हो । 

पदभार ग्रहणपश्चात् जिल्लाका सबै खाले भूमिसम्बन्धी समस्या समाधानका लागि सबै पक्षसँग समन्वय गरेर काम गर्ने अध्यक्ष चौलागाईंले बताए । विगतमा भएका कामलाई निरन्तरता दिँदै सरकारले दिएको जिम्मेवारी पूरा गर्ने उनको भनाइ छ ।

‘भोजपुरको भूमिसम्बन्धी समस्या समाधानका लागि यहाँ आयोगले गम्भीर ढङ्गले काम गर्नेछ’, अध्यक्ष चौलागाईँले भने, ‘विगतमा यो आयोगले गरेका कामको अध्ययन गरेर त्यसको निरन्तरतासँगै थप कामलाई व्यवस्थित ढङ्गले अघि बढाउँछौँ ।’

पदभार ग्रहण तथा कार्यालय स्थापना कार्यक्रममा जिल्लास्थित राजनीतिक दल, सरकारी कार्यालय, नागरिक समाजलगायतको सहभागिता रहेको थियो । कार्यक्रममा बोल्ने वक्ताले भूमिसम्बन्धी समस्या समाधानमा आयोग गम्भीर ढङ्गले लाग्नुपर्ने धारणा राखे । 

सरकार परिवर्तनसँगै आयोगका पदाधिकारी फेरबदलले कामले पूर्णताः पाउन नसकेको उनीहरूको भनाइ छ । अब भने यो आयोग नै अन्तिम हुने गरी जिल्लाको भूमिसम्बन्धी समस्या समाधानमा काम गर्नुपर्ने सहभागीको भनाइ छ । 

प्रकाशित मिति : १२ माघ २०८१, शनिबार  ३ : २४ बजे

हेटौँडालाई महिलामैत्री र जलवायु प्रतिरोधी सहरको रूपमा विकास गरिने

बागमती– बागमती प्रदेशको राजधानीसमेत रहेको मकवानपुरको हेटौँडा उपमहानगरपालिकालाई महिलामैत्री र

दलहरूलाई पूर्वराष्ट्रपति यादवको सन्देश : अब चुनावभन्दा दायाँ–बायाँ सोच्ने समय छैन

काठमाडौं- गृहमन्त्री ओमप्रकाश अर्यालले पूर्वराष्ट्रपति डा. रामवरण यादवसँग भेटवार्ता गरेका

गुल्मीमा विद्युत् महसुलमा दिँदै आएको अनुदान रकम कटौती

गुल्मी– गुल्मीको मदाने गाउँपालिकाले स्थानीय नागरिक र सामुदायिक खानेपानी योजनाका

बहुविवाहको मुद्दामा समातिए एमाले केन्द्रीय सदस्य शेर्पा

काठमाडौं- नेकपा एमालेका केन्द्रीय सदस्य पासाङ शेर्पा पक्राउ परेका छन्